About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
जनकपुरमा एकजना युवकलाई पेट्रोल छर्केर जलाउने प्रयास

खोज केन्द्र मंगलबार, चैत्र १७, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

सामान्य विवादबाट सुरु भएको झडपले उग्र रुप लिएपछि जनकपुरमा एकजना युवकलाई पेट्रोल छर्केर जलाउने प्रयास गरिएको छ । 

प्रदेश नम्बर २ को अस्थायी केन्द्र जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ को कपिलेश्वरस्थित बस स्टैण्ड नजिकै सोमबार भएको विवादले उग्र रुप लिएपछि एकजना युवकलाई पेट्रोल छर्केर जलाउने प्रयास गरिएको हो ।

कपिलेश्वरस्थित बस स्टैण्डमा होटल सञ्चालन गरेर बस्दै आएका अन्दाजी २४ वर्षीय विनोद शर्मालाई उनकै साथि सोहि स्थानका १९ वर्षीय अजय मण्डलले पेट्रोल छर्केर जलाउने प्रयाग गरेको प्रहरीले जनाएको छ । 

होलीका दिन मदिरा सेवन गरेपछि उनीहरु बीच भएको विवादले उग्र रुप लिएपछि मण्डलले शर्माको जिउमा पेट्रोल छर्केर आगो लगाएका थिए । आगोका कारण शर्माको शरीरको २५ प्रतिसत भाग जलेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

शर्माको शरीरमा आगो लगाएको देखेर स्थानीयहरुले आगो निभाएका थिए ।  त्यतिबेलासम्म उनको शरिरको एक चौथाई भाग जलिसकेको धनुषा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) मकेन्द्र मिश्रले बताए । बाच्नका लागि शर्माले नालामासमेत हाम्फालेका थिए ।

उनको उपचार जनकपुरस्थित प्रादेशिक अस्पतालमा सम्भव नभएपछि अहिले एउटा निजि अस्पतालमा लागिएको डिएसप मिश्राले जानकारी दिए ।

यता मण्डल भने फरार रहेका छन् । प्रहरीले उनको खोजी गरिरहेको मिश्राले बताए ।

सम्बन्धित

ताजा अपडेट
जउवा संघको निर्वाचनमा अतिरिक्त मतपत्र फेला, असन्तुष्ट द्वारा प्रदर्शन, चार जना घाईते
प्रदेश २: संसदीय दलको नेतामा साह चयन, माओबादी छोडेका चार प्रदेशसभा सदस्यहरु माथि कारबाही
सीके राउत अझै ‘स्वतन्त्र मधेश’ गतिविधिमा संलग्न !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]