About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
साना किसान कृषि सहकारी नक्टाझिजको साधारणसभा सम्पन्न

कस्तो छ त सहाकारीको अबस्था ?

खोज केन्द्र आइतबार, चैत्र १५, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

धनुषाको मिथिला नगरपालिका-२ नक्टाझिज प्रतिटोलमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको साधारण सभा सम्पन्न भएको छ।यही  मिती २०७७ साल चैत १३ गते  दिन श्री जनता माध्यमिक विद्यालय नक्टाझिजको प्राङ्गणमा प्रदेश सांसद शत्रुधन महतोबाट कार्यक्रम समुदघाटन गरिएको छ ।

“क्षेत्रका किसानका लागि सानाकिसान दुखीको सहारा भएको र यसले आगामी दिनहरुमा यस क्षेत्रका कृषको आर्थिक अबस्था मजबुत गर्न विशेष मद्दत मिल्ने ‘-कार्यक्रममा बोल्दै सान्सद शत्रुधन महतोले भने ।

कस्तो छ त सहाकारीको अबस्था ?

जम्मा २८४ समूह संख्या भएको यस सहकारीमा महिला समुह संख्या २३४ र पुरुष सदस्य समूह संख्या ५० रहेको छ ,अधिकतम महिला सम्मुह नै रहेका छन । २०७७/०३ मसान्तसम्म २४५२८७०० रहेको शेयर बढेर २०७७ फल्गुन मसान्तसम्म २५२२४२०० रहेको छ ,जम्मा | समूह बचत तर्फ रु २५०८४४६९ रहेको २०७७/०३ मा, २०७७ फल्गुन मसान्तसम्म रु २६९२८८७४ रहेको छ । उक्त सहकारीले २०७७/०३ सम्मको आम्दानीमा रु ३७४७५६७७ छ भने २०७७/११ मसान्तसम्म रु ५३२३८४० रहेको छ ।खर्च तर्फ २०७७/३ सम्म २५१३०९५० रहेकोमा रु १५१४१२६ रहेको छ। साथै उक्त सहकारिको बिबरण अनुसार नाफा भने २०७७ असार मसान्त सम्म रु १२३४४७२७ रहेकोमा २०७० फाल्गुन मसान्तसम्म रु ९५२५०६५ रहेको छ।

साथै कार्यक्रममा वृद्ध तथा विशिष्ठ अतिथिलाई दौशल्ला ओढाई सम्मान गरेका छ।कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउनका हेतु  हिमालय युवा क्लब द्वारा नृत्य प्रस्तुत गरिएको थियो भने स्थानीय कलाकारहरुद्वारा होलीको शुभ उपलक्ष्यमा जोगिरा नृत्य भजन प्रस्तुत गरि सहभागीहरुलाई मनोरञ्ज प्रदान गरिएको थियो।

उक्त कार्यक्रममा प्रमुख अतिथि माननिय प्रदेश सांसद शत्रुधन महतो, साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष रामदेव महतो ,सस्थाका प्रबन्धक सुर्यनारायण महतो । विशिष्ठ अतिथि मिथिला नगरपालिका-२ का वडा अध्यक्ष बिहारी महतो, जनता मावि नक्टाझिजका प्र.अ श्याम कुमार यादव, बटेश्वर गाउँपालिका उपाध्यक्ष प्रमिला देवी, हिमालय युवा क्लबका अध्यक्ष अरुण कुमार महतो र अतिथिमा मिथिला नगरपालिका-२ का जसपा नेता रामनाथ महतो (दिनेस) शिक्षक शत्रुधन महतो, भग्लु महतो, मगहि भाषा समाजिक

अभियन्ता फुलगेन महतो मगहि, लगायत विभिन्न संस्थाका | प्रतिनिधिहरु, वडाका वडा सदस्यहरू,कर्मचारी, पत्रकार सहित गाँउवासीको उपस्थितमा साधारणसभा सम्पन्न भएको हो ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]