About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
रेशम चौधरी भेट्न जेलमै पुगे सांसद बस्नेत

खोज केन्द्र शुक्रबार, चैत्र १३, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

जेलमा रहेका जनता समाजवादी पार्टीका सांसद रेशम चौधरीलाई एमाले सांसद महेश बस्नेत डिल्लीबजार कारागारमै पुगेर भेटका छन् । सांसद बस्नेत प्रधानमन्त्री केपी शर्मा ओलीको ‘दूत’ बनेर कारागार पुगेका हुन् ।

टीकापुर हत्याकाण्डका मुख्य आरोपी निलम्वित सांसद चौधरीलाई भेट्न बस्नेत शुक्रबार बिहान कारागार पुगेका हुन् ।

समाजवादी पार्टीसँग सत्ता साझेदारीका लागि प्रधानमन्त्री ओलीले कुराकानी अघि बढाइरहेका बेला बस्नेतले चौधरीलाई भेटेका हुन् । जसपाले संविधान संशोधनसहित टीकापुर हत्याकाण्डका आरोपीलाई रिहा गर्नुपर्नेलगायत माग राखेको छ ।

चौधरीको रिहाइ र संविधान संशोधन विषय अगाडि बढे ओलीसँग साझेदारी गर्न जसपाका नेता महन्थ ठाकुर र राजेन्द्र महतो सकारात्मक देखिएका छन् ।

सांसद बस्नेतले चौधरीको रिहाइसहितको जसपा मागमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ‘विशेष’ निर्णय गरिसकेकाले आफू भेट्न जेलमै पुगेको बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]