नेपाली सेनाका एक जवानले सुत्केरी महिलालाई रगत दिएर ज्यान जोगाएका छन ।
जनकपुरधामको एक अस्पतालमा रगत अभावमा छटपटाईरहेका २० बर्षीय सुत्केरी ईशा यादवलाई नेपाली सेनाका जवान मनोज मगरले रगत दिएर ज्यान जोगाएका हुन ।
गएको शनिवार महोतरी जिल्ला गौशाला नगरपालिका ८ बस्ने ईशा यादवलाई सुत्केरी भएको बेला अत्यधिक रक्तश्राव हुन थालेपछि श्रीश्रीनाथ गण महेन्द्रनगर धनुषामा कार्यरत सैनिक जवान मगरले रगत दिएका थिए ।
धनुषामा बेला बेलामा रगतको अभाव हुँदै आएको रेडक्रसको भनाई छ ।