About Contact
०३ जेठ २०७९, मंगलबार
Close
बिज्ञापन
टुक्राटुक्रामा भेटियो झा दम्पतीको लाश, कपडाको आधारमा छोराले गरे पहिचान

खोज केन्द्र बिहिबार, चैत्र १२, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर–२ स्थित अत्तरा जाने बाटोमा माटोले पुरिएको अवस्थामा मानव कंकाल फेला परेको छ । टुक्राटुक्रा गरिएको अवस्थामा लाशको कंकाल भेटेको हो । 

होलीका लागि घर पोत्न माटो लिन गएका स्थानीयवासीले बिहीबार माटोले पुरेको अवस्थामा बोराभित्र मानव कंकाल फेला पारेका हुन् ।

घटनास्थलमा पुगेका प्रहरी टोलीले माटो पन्छाएर खोजतलास गर्दा दुईवटा बोरामा मानव कंकाल फेला जनाएको छ । बोराभित्र राखेर माटोमा पुरिएको अवस्थामा फेला परेको कंकाल केही समयअघि बेपत्ता भएका महोत्तरीकै सोहडवा गाउँका ६५ वर्षीय मुसाफिर झा र ६० वर्षीय उनकी पत्नी गीतादेवी झाको परिवारलाई घटनास्थलमा बोलाएर कंकाल र कपडा देखाएपछि उनीहरुले ती कंकाल झा दम्पतीकै रहेको बताएको प्रहरीले जनाएको छ ।

हत्या गरेर दुई वटा बोरामा माटोमूनि पुरिएको अवस्थामा दुईवटा शवको कंकाल बरामद भएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए । उनका अनुसार दुवै शवको हड्डीमात्र बाँकी रहेकाले पहिचानमा कठिनाइ भएको थियो ।

प्रहरी उपरिक्षक आचार्यले भने, ‘अपहरण गरिएको राति झा दम्पतीले लगाएकै कपडा उक्त बोराभित्रबाट बरामद भएका आधारमा उनीहरुको परिवारजनले शवको पहिचान गरेको हो ।’ २३ दिनदेखि बेपत्ता झा दम्पतीबारे सीआइबीले अनुसन्धान थालेको थियो । आफ्नै घरमा सुतेका झा दम्पती गत १० फागुनको राति बेपत्ता भएका थिए ।

झाका छोराले कपडाको आधारमा पहिचान गरेका हुन । प्रदेस २ प्रहरी कार्यालयका प्रहरी निरिक्षक उमाशंकर साह को नेतृत्वा प्रहरीले अनुसन्धान गर्दै आएको छ । लाश भेटे संगै घटनाको अनुसन्धान अन्तिममा पुगेको हो । 

 

सम्बन्धित

ताजा अपडेट
धनुषा: जनकनन्दिनी गाउँपालिकामा जसपाका अध्यक्ष र कांग्रेसका उपाध्यक्ष निर्वाचित
धनुषाको धनौजी र नगराइनमा मतगणना स्थगित, धनौजी तनावग्रस्त, सेना परिचालन
क्षिरेश्वरनाथमा एमालेका उम्मेदबार सुखदेवको अग्रता

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]