About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
राष्ट्रिय सितोरियो कराँते प्रतियोगिताका लागि प्रदेश २ बाट १८ जना खेलाडी छनोट

खोज केन्द्र बुधबार, चैत्र ११, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

धनुषाको धनुषाधाम नगरपालिकाको धारापानीमा हुने राष्ट्रिय सितोरियो कराँते प्रतियोगिताका लागि प्रदेश २ बाट १८ जना महिला र पुरुष खेलाडी छनोट भएका छन् ।

ढल्केवर सितोरियो कराँते डोजोको आयोजनामा बुधबार धनुषाको ढल्केवरमा आयोजित प्रदेश २ स्तरीय सितोरियो कराँते छनोट प्रतियोगिताबाट उनीहरु छनोट भएका हुन् ।

प्रतियोगितामा प्रदेश २ का आठवटै जिल्लाबाट विभिन्न उमेर समुहका महिला र पुरुष खेलाडीले भाग लिएको पूर्व कराँते खेलाडी तथा प्रतियोगिताका संयोजक समेत रहेका एमकुमार पुलामीले जानकारी दिए ।

प्रतियोगितामा भाग लिन जिल्लास्तरीय प्रतियोगिताबाट छनोट भएर आएका थिए । छनोटमा परेका खेलाडीले धारापानीमा १३ र १४ गते हुन राष्ट्रिय सितोरियो कराँते प्रतियोगिता भाग लिने संयोजक पुलामी बताए ।

प्रतियोगिताको उद्घाटन मिथिला नगरपालिकाका नगरप्रमुख हरिनारायण महतोले गरेका थिए । त्यस अवसरमा आठवटै जिल्ला कराँत खेलका प्रशिक्षकलगायत जिल्ला तथा स्थानीय प्रशिक्षकसमेतको उपस्थित थियो ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]