About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
भौतिक पूर्वाधार मन्त्री सोनल एक्सनमा, सिंचाई समस्या समाधान गर्न निर्देशन

खोज केन्द्र सोमबार, चैत्र ०९, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रदेश न. २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले सिँचाईको समस्या समाधानका लागी सिंगाहा बाँधको स्थलगत निरिक्षण गरेका छन् ।

बाराको प्रसौनी गाउँपालिका वडा न. ३ नवतनस्थित सिंगहा बाँधको निरिक्षण गर्न मन्त्री सोनलसहितको टोली सोमवार सो क्षेत्रमा पुगेको हो ।

बाराका किसानहरुले सिँचाईको समस्याका कारण खेतीपानी गर्न कठिनाई भोग्नुपरेको गुनासो मन्त्री समक्ष गरेपछि मन्त्री सोनलले किसानका समस्याहरुको सम्बोधन गर्न सक्रियता देखाएका छन् ।

साथै यही आर्थीक वर्षभित्र बाँधको मर्मत गरी कृषकको खेतमा पानी पु¥याउन जलस्रोत डिभिजन कार्यालयका प्रमुख महेन्द्र महासेठलाई मन्त्री सोनलले निर्देशन समेत दिएका छन् ।

मन्त्री सोनलसँगै बारा क्षेत्र न. ४ का प्रतिनिधि सभा सदस्य एकवाल मियाँ, प्रसौनी गाउँपालिका अध्यक्ष भोला प्रसाद गुप्ता लगायतको टोलीले सिँचाईको समस्या र उक्त समस्याका कारण कृषकहरुले भोग्नुपरेका कठिनाईको बारेमा खेतमै गएर अवलोकन तथा किसानहरुसँग  छलफल गरेको थियो ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]