About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
स्क्वायड टोलीको नाममा सशस्त्र प्रहरीको असुलीधन्दा, प्रहरीलाई रामधुलाई

खोज केन्द्र सोमबार, चैत्र ०९, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

९ चैत, बीरगंज । डीआईजीको घुमुवा हुँ भन्दै सिर्सियाका एक व्यापारीको घरमा घुसेर आंतक मच्चाउने सशस्त्र प्रहरीका ३ जना सिपाहीले स्थानीयको रामधुलाई भेटेका छन् ।

सादा पोशाकमा खटिएका ती प्रहरीहरू पर्साको सिर्सियास्थित एकजना सर्वसाधारण व्यापारीको घरमा रातीको समयमा प्रवेश गरेको आरोपमा आक्रोशित स्थानीयले रामधुलाई गरेपश्चात् यस्तो रहस्य खुलेको हो ।

स्क्वायड टोलीको नाममा पर्साका समिावर्ती नाकाहरुमा घुम्ने जिम्मेवारी पाएका सशस्त्र प्रहरीका सिपाहीहरु राजु पटेल, विनोद यादव र दयाराम गोठले गत साता कुटाई खाएका हुन् ।

बर्दीको धाक देखाउँदै तस्करहरुसँग असुली समेत गर्दै आएका उनीहरुले आफुलाई प्रदेश नं. २ का डीआईजी चन्द्रप्रकाश गौतमको घुमुवा बताउने गरेका छन् तर उनीहरु खासमा सशस्त्र प्रहरी बल पर्साका एसपीको घुमुवा रहेको बताइएको छ ।

सीमा सुरक्षा लगायत प्रदेश नम्बर २ का विभिन्न जिल्ला तथा मुलुकको आर्थिक नगरी भनेर चिनिने पर्साका ग्रामीण भेगहरूबाट स्क्वाड टोलीको नाममा चन्दा आतंक मच्चाएको खबर प्राप्त भएको छ । सशस्त्र प्रहरी गण नम्बर १३ पर्साबाट खटिएको स्कवायड टोलीले डीआईजी गौतमको आदेशमा सीमा नाकाहरूबाट व्यापक रूपमा तस्करीको रकम उठाइएको आरोप छ ।

आर्थिक नगरी भनेर चिनिने बीरगंज भन्सार अगाडिबाटै ट्रकमा धमाधम कपडाको तस्करी हुने गरेपनि मोटो रकमको नजराना बुझेपश्चात उक्त स्क्वायड टोली मौन बस्ने गरेको आरोप लागेको छ ।

पर्सा जिल्लाका साथसाथै बाराको सिम्रोणगढ, रौतहटको गौर, सर्लाहीको मलङ्गवा, बलरा, महोतरीको जलेश्वर, धनुषाको खजुरी लगायतका ठाँउहरूबाट तस्करीवापत मासिक १ करोड भन्दा बढी रकम उठाउने गरिएको सशस्त्र प्रहरीको एक स्रोतले दावी गरेको छ ।

त्यस्तै पर्सा जिल्लाको भिस्वा, बन्जारी, सबैठवा, बीरगंज भन्सार लगायतका ठाँउहरूबाट मासिक रूपमा ४० लाख रूपैयाँ डीआईजी चन्द्रप्रकाश गौतमको नाउमा उठेको स्थानीय तस्करहरुबीच चर्चा हुने गरेको छ । सो स्रोतले आफ्नो नाम सम्प्रेषण नगर्ने शर्तमा ट्रकमै सेटिङ्गको कारोबार गर्नको निम्ति मासिक १० लाख बुझाएको बताएका छन ।

स्क्वायड टोलीको नाममा खटिएका सशस्त्र प्रहरी सहायक हबल्दार राजाराम पटेल, सशस्त्र प्रहरी जवान विनोद यादव लगायतको ५ जनाको टोली सादा पोशाकमा खटिने र डीआईजीको नाममा रकम असुली गर्ने गरेको स्रोतको दावी छ ।

यता सशस्त्र प्रहरी बल २ नम्बर बाहिनीका प्रमुख डीआईजी गौतमले आफ्नो स्वार्थको निम्ति सादा पोशाकमा प्रहरी परिचालन गरेको रहस्य खुलेको हो । सरुवा भएर २ नं. प्रदेश आएलगत्तै उनले अघिल्ला डीआईजीले खटाएका ३ दर्जन घुमुवालाई तानेर कारवाही चलाएका थिए । साथै जिल्लाका गणपतिहरुले राखेका घुमुवा पनि उनले तितरवितर पारेका थिए ।

घुमुवाको नाममा संगठन बदनाम भएपछि सशस्त्र प्रहरी बल नेपालका प्रमुख आईजीपी शैलेन्द्र खनालले संगठनभित्र रहेका कुनै पनि कर्मचारीलाई सादा पोशाकमा नखटाउने परिपत्र जारी गरेका छन् । सो परिपत्रमा आईजीपीले यदि कुनै कमान्डरले संगठनको नीति विपरित सादा पोशाकमा प्रहरी खटाएको पत्ता लागेमा खटाउने कमाण्डरलाई नै कारवाही गर्ने बताएपनि खनालको आदेशलाई धज्जी उडाउँदै डीआईजी गौतमले स्क्वायड टीमको नाममा सादा पोशाकमा टोली परिचालन गरेका हुन् ।

गृहमन्त्री रामबहादुर थापा बादलसँगको निकट सम्बन्धको धाक लगाउँदै उनले आईजीपी खनालले केही गर्न नसक्ने बताउने गरेको स्रोतको भनाई छ ।

सम्बन्धित

ताजा अपडेट
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास
जउवा संघको निर्वाचनमा अतिरिक्त मतपत्र फेला, असन्तुष्ट द्वारा प्रदर्शन, चार जना घाईते
प्रदेश २: संसदीय दलको नेतामा साह चयन, माओबादी छोडेका चार प्रदेशसभा सदस्यहरु माथि कारबाही

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]