About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
कन्ट्रक्सन व्यावसायि चौधरीद्वारा परिक्रमा यात्रीलाई सहयोग

खोज केन्द्र आइतबार, चैत्र ०८, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

धनुषा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित परिक्रमा यात्रीलाई आज महेन्द्रनगरमा भब्य रुपमा स्वागत गरियको छ ।स्वागतको क्रममा भ जय माँ कालि कन्ट्रक्सनका संचालक यूवा व्यापारी अनिल चौधरी र स्थानियहरुको सहयोगमा प्रत्येक वर्ष जस्तै यस वर्ष पनि भव्य स्वागत गरिएको छ ।

धार्मिक तथा सामाजिक कार्यक्रममा युबाको उपस्थिती न्यून हुँदै गरेको अबस्थामा ब्यबसायी चौधरीको कदम सराह्निय रहेको स्थानियको भनाइ रहेको छ ।

को हुन त चौधरी ?
अनिल चौधरी युबा ब्यबसायी हुन ।मा कालिका कन्ट्रक्सनका संचालक चौधारीले कोरोनाको बखात हन्डसेनिटाइजर तथा मास्क लगायतका सामान बितरण गरेका थिय । उधामी भय पनि सामाजिक सेवामा क्रियासिल चौधरी गरिब दुखीका लागि विभिन्न समयमा सहयोगका लागि काम गर्ने गरेका छन ।

परिक्रमा यात्रीहरुलाई स्थानिय दर्शनिया स्कुल, गंगोत्री स्कुल, ज्ञानमन्दिर, मोरनिङ्ग गलोरी स्कुल लगायतका छात्र छात्राहरुले भोजन गराउनमा विशेष सहयोग गरेको छन ।

यस परिक्रमालाई मिथिलाञ्चलको बहुचर्चित सांस्कृतिक उत्सव मध्यमा परिक्रमालाई ‘मिथिलाको महाकुम्भ’ पनि भन्ने गरिन्छ ।धनुषाको मिथिला बिहारी नगरपालिका स्थित ठेराकचुरी गाउँमा रहेको मिथिला विहारी मन्दिरबाट प्रस्थान गर्ने मिथिला बिहारीको डोला साधुसन्त र हजारौँ भक्तजनसहित पहिलो दिन जनकपुरको अग्निकुण्ड मन्दिरमा आई पुग्दछ । यहाँ डोलाको भव्य स्वागत गर्दै किशोरीजीको डोलासँगै जानकी मन्दिर दर्शन पछि जनकपुरको दक्षिणी ढोकामा रहेको परिक्रमाको पहिलो पडाव हनुमानगढी पुगेर विधिवत रुपमा १५ दिने यात्रा शुभारम्भ हुने गरेको छ ।

परिक्रमाको दोस्रो दिन रामसीताको डोला सहित साधुसन्त र भक्तजनहरू भारतको कल्याणेश्वर स्थान पुग्ने गर्दछन्। त्यहाँ महादेवको मन्दिरमा पूजा अर्चना गरी राति विश्राम गर्ने गरिन्छ ।
तेस्रो दिन भारतकै गिरिजास्थान र चौंथो दिन महोत्तरीको मटिहानी पुग्छन्। मटिहानीमा रामसीताको विवाहको बेला मटकोर विधि भएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ । मटिहानीबाट डोला जलेश्वर पुग्दछ । जलेश्वरनाथको दर्शनपछि पञ्चमी तिथिमा परिक्रमा मडै गाउँ पुग्ने गर्दछन्। मडै गाउँमा माण्डप ऋषिको आश्रम रहेको धार्मिक ग्रन्थमा उल्लेख छ । त्यहाँबाट ध्र‘वकुण्ड हुँदै डोला लक्ष्मीनियाँ गाउँपालिका स्थित कञ्चनवन पुग्छ ।

कञ्चनवनमा इच्छावती गंगा र वीरजा गंगाको संगमस्थल रहेको र त्यहाँ रामसीताले होली उत्सव मनाएको स्मरणमा होली समारोहको आयोजना गरी परिक्रमा सरिक साधुसन्त तथा भक्तजनहरूले होली खेल्ने गर्छन्। त्यसपछि डोला क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित रहेको क्षिरेश्वरनाथ महादेवको दर्शन गर्दै पर्वता तर्फ मोडिन्छ । पर्वताबाट धनुषाधाम पुग्ने गरेका डोलेहरूले धनुषाधाममा रामसीताको स्वयंवरको बेला रामले शिवको धनुष भाँचेको टुक्रा झरेको अवशेष भएको मन्दिरको दर्शन गर्ने गर्छन्।

दशमी तिथिमा सतोषर भन्ने स्थानमा डोलेहरू बास बसेर क्रमशः औरही, करुणा हुँदै कल्याणेश्वर भएर विशौल पुगी विश्राम गर्छन्। फागुन पूर्णिमाको दिन डोला जनकपुरधाम आईपुगी अन्तरगृह परिक्रमा गरी समापन हुने गर्दछ ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]