मधेस आन्दोलनका क्रममा शहिद भएकाहरुको परिवारलाई प्रदेश नम्बर २ को भौतिक पूर्वाधार विकास मन्त्रलायले सहयोग गरेको छ ।
मधेस आन्दोलनको क्रममा शहिद भएका दीपेन्द्र प्रसाद साहको आमा र पत्नीलाई भौतिक पूर्वाधार विकास मन्त्रलयले पम्पिङ सेट सहयोग गरेको हो । साह मधेस आन्दोलनका प्रथम शहिद हुन् ।
प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले साहकी आमा राजकुमारी देवी र पत्नी सिता देवीलाई सिंचाई प्रायोजनका लागि शनिबार एक कार्यक्रम बीच पम्पिङ सेट हस्तान्तरण गरेका छन् ।
शहिद परिवारले गर्दै आएको तरकारी खेतिमा सिंचाईका लागि पम्पिङ सेट नहुँदा समस्या आएको जानकारी पाएपछि मन्त्री सोनलले उनीहरुलाई बोलाएर पम्पिङ सेट हस्तान्तरण गरेको उनका स्वकीय सचिव सन्तोष यादवले बताए ।
पम्पिङ सेट प्राप्त गरेपछि खुसि हुँदै शहिदकी आमा राजकुमारी देवीले प्रदेश सरकारको भौतिक मन्त्रलयबाट समय-समयमा मन्त्री सोनलले सहयोग गर्ने गरेको बताइन ।