About Contact
११ आषाढ २०७८, शुक्रबार
Close
बिज्ञापन
CTEVT को प्रश्नपत्र आउट गर्ने ५ जना जनकपुरबाट पक्राउ

खोज केन्द्र शुक्रबार, चैत्र ०६, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

सिटीइभिटीको प्रश्नपत्र आउट गर्ने ५ जनालाई धनुषा प्रहरीले जनकपुरधामबाट पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले प्रश्नपत्र सहित जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-४ स्थित भैरवचोकबाट उनीहरुलाई पक्राउ गरेको हो । 

फोटोकॅपी पसलबाट सिटिइभीटीको पश्नपत्र आउट गरी फोटोकॅपी गरिरहेको अवस्थामा रंगेहाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले बताए । 

पक्राउ परेकाहरुको नाम भने प्रहरीले खुलाएको छैन ।

अनुसन्धान पश्चात नाम सार्वजनिक गरिने उनले जानका सिटीइभिटीको प्रश्नपत्र आउट गरेको भन्दै जनकपुरधामबाट ५ जना पक्राउ परेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-४ स्थित भैरवचोकबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

भैरवचोकस्थित एक फोटोकॅपी पसलबाट सिटिइभीटीको पश्नपत्र आउट गरी फोटोकॅपी गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

पक्राउ परेका पाँचै जनामाथि आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अहिले जिल्ला प्रहरी कार्यालय लगिएको छ । परीक्षा हलमा लैजान र चोरी गर्न सजिलो बनाउनका लागि मोटो पुस्तकलाई सानो साइजको बनाएर उनीहरुले बिक्री गर्दै आएको प्रहरीले जनाएको छ ।

धनुषाका प्रहरी प्रमुख एसपी प्रकाश रानाभाटले अनुगमनको क्रममा चिट तयार पार्नेहरु पक्राउ परेको र आवश्यक अनुसन्धान गरिरहेको बताए । उनले भने, ‘चिट तयार पार्नु र पुस्तकको फोटोकपी गरी बिक्री गर्न पाइँदैन ।’

जनकपुरका व्यवसायीले भने पक्राउ परेकालाई छाड्न दवाव दिन थालेका छन् । उद्योग वाणिज्य संघका पदाधिकारीले जिल्ला प्रहरी कार्यालय पुगेर पक्राउ परेकालाई छाड्न प्रहरी अधिकारीलाई दवाव दिएका हुन् ।

पक्राउ परेकाहरुको नाम भने प्रहरीले खुलाएको छैन । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । 

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]