About Contact
०४ आश्विन २०७८, सोमबार
Close
बिज्ञापन
प्रदेश २ मा मतदाताको अन्तिम नामावली प्रकाशन, सबैभन्दा बढी सर्लाहीमा

खोज केन्द्र बिहिबार, चैत्र ०५, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रदेश नम्बर २ मा २९ लाख १० हजार ७७ जना मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको छ ।

गत माघ १५ गतेदेखि सञ्चालन गरिएको मतदाता नामावली अद्यावधिक तथा मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन कार्यक्रम सम्पन्न भएसँगै अन्तिम नामावली प्रकाशन गरिएको हो । जसअनुसार देशभर जम्मा एक करोड ६२ लाख ४३ हजार ११० मतदाता कायम रहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार प्रदेश २ मा सबैभन्दा बढी सर्लाहीमा मतदाता कायम गरिएको छ । बारामा ३ लाख ७२ हजार ९ सय ५८, रौतहटमा ३ लाख ५८ हजार ३ सय ५५ जना,  धनुषामा ४ लाख ९ हजार ९ सय ८५, महोत्तरीमा ३ लाख ३६ हजार ९५, सर्लाहीमा ४ लाख १३ हजार १ सय ७४, सप्तरीमा ३ लाख ५५ हजार ६ सय ९१, सिरहामा ३ लाख ६४ हजार १ सय ७१ जना मतदाता कायम गरिएको आयोगले जनाएको छ ।

मुलुकभर १० हजार ६६० मतदानस्थलमा आबद्ध गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

आयोगबाट गत पुस ५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएका र सोही मितिसम्ममा १८ वर्ष उमेर पूरा भएका मतदाता नामावली अद्यावधिक गरिएको छ ।

 

सम्बन्धित

ताजा अपडेट
भारत सरकारद्वारा ४२ लाख बराबरको राहत सामग्री रुपन्देहीका बाढिपहिरो पीडितलाई
संसोधन पछि मात्र एमसिसि पास हुन्छ : प्रचण्ड
क्षिरेश्वरनाथ नगरपालिकामामा भ्रष्टाचारको चांङ्ग, साढे ९ करोड बेरुजु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]