About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
५४ हेक्टर वन कटान गरी बर्दिबासमा मेडिकल कलेज खोलिदैं

खोज केन्द्र मंगलबार, चैत्र ०३, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

५४ हेक्टर मा फैलिएको वन भित्रको रुख कटान गरी बर्दिबासमा मेडिकल कलेज खोल्न लागेको खुलासा भएको छ ।

वन जंगल संरक्षण गरी बढ्दो जलबायु परिवर्तन रोक्न सरकार लागि परेको छ । भने अर्को तर्फ वन काटेर विकास आयोजना निर्माण गर्ने कामलाई निरन्तरता दिदै बर्दिबासमा मेडिकल कलेज स्थापना सम्बन्धी योजना समेत अगाडी बढाएको हो ।

रुख काटनु भनेको भाबी सन्तानको फोक्सो काट्नु हो अर्थात वन जंगलले नै वातावरण प्रभावलाई नियन्त्रण न्यूनिकरण गर्छ भन्ने तर्फ बिचारै नपुर्याई जुनसुकै बिकास आयोजना परियोजना अगाडी ल्याउंदा चौतर्फी आलोचना हुन थालेको छ ।

वन क्षेत्रमै निर्माण गर्ने नेपाल सरकारको परम्परा अनुसार बैकल्पिक स्थानको खोजी नै नगरी महोत्तरी जिल्लाको बर्दिबासमा भब्सी खोला किनारमा पूर्व पश्चिम राजमार्ग भन्दा उत्तरको ५४ हेक्टर वन क्षेत्रमा मेडिकल कलेज स्थापना गर्ने करिब अन्तिम तयारी पुरा भएको छ ।

यस सम्बन्धमा आज जनकपुरधाममा आयोजित एक कार्यक्रममा conceptual design प्रस्तुत गरिएको छ । यस लगतै बन फडानीको बिरोध हुन थालेको हो ।

कार्यक्रममा सहभागी उधोग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डॉ रामचन्द्र कंडेल,  वन निर्देशक जगनाथ प्रसाद जयसवाल, डिएफओ सुवास दास, सन्तोष झा,  वन अधिकृत सुजित कुमार झा, सुरेश शर्मा तथा मन्त्रालयका कानून अधिकृत बालकृष्ण मिश्रा तथा आयोजकको तर्फबाट शिक्षा मन्त्रालयका प्रतिनिधी र डिजाइन कन्सल्टेन्ट र बर्दिबास न.पा.का मेयर बिदुर कार्की र स्थानीय वडाध्यक्ष समेतको उपस्थिति थियो ।

प्राविधिकहरुले यसको निर्माणबाट भबिष्यमा वन वातावरण तथा जैविक विविधताको ह्रास र वन्यजन्तुको कोरीडोरमा पर्न सक्ने क्षतीको बारेमा औंल्याउँदै बिकल्प खोज्न सुझाव दिएका छन ।  नभए प्रश्ताबित भवन र कोलोनीहरुलाई घटाएर multi store building को अबधारणा ल्याउन आग्रह गरेको छ ।

यति मात्र नभए प्रश्ताबित सुईमिंग पुल जस्तो बिलासिताको संरचना हटाउन सुझाव दिएको हो ।

पर्यावरणीय क्षतिलाई न्यूनिकरण गर्न मेडिकल कलेजले अतिरिक्त मेडिकल कलेजको आम्दानीको निश्चित प्रतिशत रकम प्रती वर्ष पर्यावरण संरक्षणमा लगानी गर्ने योजना सहित  पुनः प्रश्ताब गरी छलफलमा ल्याउन अनुरोध गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]