कस्ता व्यक्ती अधिक प्रभाबित हुन्छन ?
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका स्थित बजार क्षेत्र पुर्ण रुपमा माइक तथा डिजेको आक्रान्तमा फसेको छ ।बिबाह बर्तबन्ध तथा मस्जितको लाउड स्पिकरले ध्वनि प्रदुषण उच्च बनाएको छ ।जिल्ला प्रहरी कार्यलयले धनुषामा ठुला आबाज आउने स्पिकर बजाउन नमिल्ने भने ता पनि महेन्द्रनगरमा त्यस्तो निर्णयको धजिया उडेको स्थानिय बताउछ्न ।
विशेषगरी शैक्षिक शत्रको अन्त अन्त परिक्षाको तयारी गरिरहेको बिधार्थी आक्रन्त भएका छ ।सिन्धुली घर भै हाल महेन्द्रनगर बसि अध्यन गर्ने एक बिधार्थी आफ्नो गुनासो राख्दै भन्छन “म यहाँ आए देखिको कुनै दिन माइक नबजेको दिन छैन ,हाल मेरो लोकसेवाको परिक्षा दिनु पर्ने र बैनी को एस इ इ यस्तो बाताबरणमा हामी कसरी अध्यन गर्ने ?”
किन बज्छ त उच्च तरिकाले स्पिकर ?
महेन्द्रनगर मात्र नभइ तराइका अधिक स्थानमा माइकको आक्रन्त रहेको छ । विशेष गरि बर्तबन्ध ,बिबाह र भासणलगायतका नाममा लाउड स्पिकर बजाइन्छ । एक अर्कोको देखासिखी गर्दै मनोरञ्जनको साधनको रुपमा बजाउने ट्रण्ड नै बसिसकेको छ।
कस्तो संगीतमा बढी हुन्छ् त ?
विशेष गरि भोज्पुरी र अश्लिल संगीतका नाममा अरु लाई सुनाउन डिजेको प्रयोग गर्ने गरिन्छ ।गाउँ घरमा डिजेमा सो गित बजाउदा मान सम्मान बस्ने मनोबैज्ञानिक धारणाको छाप लिन थालेको सामाज् शास्त्री बाताउछन ।
कस्ता व्यक्ती अधिक प्रभाबित हुन्छन ?
सामन्यतया ८० डेसिबल भन्दा अधिक ध्वनि शरिरिक र मानिसिक रुपमा घातक मानिन्छ्न ।यसले मुटु रोगी ,दम साथै नबजात शिशुको ज्यान नै लिन सक्छ ।डिप्रेसनमा गएका ब्यक्तीले आत्महत्या गर्मे तथा श्रवण शक्ति कम्जोर हुने गर्दछ ।
प्रहरि किन एक्सन लिदैन ?
बिगत केही समय देखि मात्र नभएर लामो समय देखि यो आक्रन्त भएपनी प्रहरी भने चुप चाप छ ।स्थानिय बासिन्दाका अनुसार प्रहरीलाई खबर गरे पनि द्वन्द हुने नाममा प्रहरि उक्ता स्थानमा जान नमान्ने गरेको हो ।इलाका प्रहरी कार्यलाय महेन्द्र नगर गस्तीमा समेत न निस्कने र त्यस्तो कुरामा देखे पनि नदेखो जस्तो गर्ने स्थानियको गुनासो छ ।