About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
झा दम्पति घटनाको सिआईबी अनुसन्धान गर्न माग

खोज केन्द्र सोमबार, चैत्र ०२, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

बीस दिन अघि घरबाटै बेपत्ता पारिएका महोत्तरीका झा दम्पतिको घटनाको सिआईबीले अनुसन्धान गर्नु पर्ने माग गरिएको छ ।

झा दम्पतीको घटनामा स्थानीय प्रहरी प्रशासनले खासै चासो नदेखाएको भन्दै मैथिल ब्राह्मण युवा महासभा प्रदेश २ सहितका ४४ ओटा संघसंस्थाले घटनाको सिआईबीले नै असुन्धान गर्नु पर्ने माग सहित शुक्रवार जलेश्वर तथा शनिवार जनकपुरधाममा प्रदर्शन गरेका हुन् ।

वृद्ध झा दम्पतीको खोजतलासमा प्रहरीलाई दबाब दिन जलेश्वर स्थित जिल्ला प्रशासन कार्यलयमा धर्ना दिँदै आएका उनीहरूले धर्ना तथा अनसनका कार्यक्रमलाई स्थगित गरी विरोध प्रदर्शनमा उत्रिएका हुन् । ‘प्रहरीको फितलो अनुसन्धानका कारण झा दम्पतीको अवस्था अझै अज्ञात छ ।

झा दम्पतीलाई अविलम्ब अपहरणमुक्त गर्न र अपराधीलाई समातेर कडा कारबाही गर्न माग पटक पटक माग गरे पनि अपहरणमा परको े २० दिन वितिसक्दा पनि अवस्था अज्ञात रहँदा उनीहरूको हत्या भएको हो कि या कतै राखिएको छ भन्ने एकिन हुन सकेन त्यसकारण घटनाको सिआईबीले नै अनुसन्धान गर्नु पर्ने माग गरेको हौ,’ मैथिल ब्राह्मण युवा महासभा प्रदेश २ का अध्यक्ष जानकीरमण झाले भने। ‘जिल्ला प्रशासन कार्यालयमा जारी रिले अनसन स्थगित गरेर जनकपुरधामको जनक चौकमा रिले अनसन सुरु गरेकाछौं’ ।

उनले झा दम्पतीलाई अविलम्ब अपहरणमुक्त गर्न र अपराधीलाई समातेर कडा कारबाही गर्न माग समेत गरे। उनले झा दम्पतीबारे राष्ट्रिय मानव अधिकार आयोगले चासो देखाउनुपर्ने बताए । प्रहरीले गम्भीर भएर विशेष अनुसन्धान गरोस् भन्ने उदेश्यले अनसन बसेको बताए ।

फागुन १० गते राति देखि महोत्तरीको पिपरा गाउँपालिका घर भएका ६५ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया पत्नी गीतादे घरबाटै हराई रहेका छन्। प्रहरीले घटनाका सम्बन्धमा अझैसम्म कुनै ‘क्लू’समेत भेट्टाउन सकेको छैन ।

उनीहरूको हत्या गरी पोखरीमा फालेको हुनसक्ने आशंकामा प्रहरीले दर्जनौँ पोखरीमा डुंगा र जाल बिछ् याएर सर्च अपरसन चलाएको े महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

बेपत्ता दम्पतीका छिमेकीसमेत रहेका जग्गा व्यवसायी रामबाबु यादव, भारतीय नागरिक हरेन्ु ठाकुरसहित चार जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । प्रहरीले हिरासतमा राखिएका चारै जनाको पोलिग्राफ टेस्ट गरिएको छ । तर पनि दम्पतीको अवस्था अझै अज्ञात छ ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]