About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
आजबाट परिक्रमा सुरु, जनकपुरधाममा माछामासु र मदिरा बिक्रीवितरणमा रोक

खोज केन्द्र शनिबार, फाल्गुण २९, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

मिथिलाकै ऐतिहासिक एवं धार्मिक नगरी जनकपुरधाममा आज देखि १५ दिने मिथिला माध्यमिकी परिक्रमा सुरु भएको छ । मिथिलाञ्चलको बहुचर्चित सांस्कृतिक उत्सव मध्यमा परिक्रमालाई ‘मिथिलाको महाकुम्भ’ पनि भन्ने गरिन्छ ।

प्रत्येक वर्ष फागुन कृष्ण औंसीको दिनदेखि विधिवतसुरु हुने परिक्रमामा लाखौं भक्तजनहरू सहभागी हुने गर्दछन्।

परिक्रमा अवधि (१५ दिन) भर मिथिलाञ्चलका १५ वटा धार्मिक तीर्थस्थलहरूमा विश्राम गर्दै फागुन पूर्णिमाको दिन परिक्रमा पुनः जनकपुरधाम आइपुग्ने गरेको छ । मिथिलाञ्चलमा परिक्रमा समापनको भोलिपल्ट होली मनाउने चलन रहेको छ ।

आज धनुषाको मिथिला बिहारी नगरपालिका स्थित ठेराकचुरी गाउँमा रहेको मिथिला विहारी मन्दिरबाट प्रस्थान गर्ने मिथिला बिहारीको डोला साधुसन्त र हजारौँ भक्तजनसहित पहिलो दिन जनकपुरको अग्निकुण्ड मन्दिरमा आई पुग्दछ ।

यहाँ डोलाको भव्य स्वागत गर्दै किशोरीजीको डोलासँगै जानकी मन्दिर दर्शन पछि जनकपुरको दक्षिणी ढोकामा रहेको परिक्रमाको पहिलो पडाव हनुमानगढी पुगेर विधिवत रुपमा १५ दिने यात्रा शुभारम्भ हुने गरेको छ ।

परिक्रमाको दोस्रो दिन रामसीताको डोला सहित साधुसन्त र भक्तजनहरू भारतको कल्याणेश्वर स्थान पुग्ने गर्दछन्। त्यहाँ महादेवको मन्दिरमा पूजा अर्चना गरी राति विश्राम गर्ने गरिन्छ ।

तेस्रो दिन भारतकै गिरिजास्थान र चौंथो दिन महोत्तरीको मटिहानी पुग्छन्। मटिहानीमा रामसीताको विवाहको बेला मटकोर विधि भएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ । मटिहानीबाट डोला जलेश्वर पुग्दछ ।

जलेश्वरनाथको दर्शनपछि पञ्चमी तिथिमा परिक्रमा मडै गाउँ पुग्ने गर्दछन्। मडै गाउँमा माण्डप ऋषिको आश्रम रहेको धार्मिक ग्रन्थमा उल्लेख छ । त्यहाँबाट ध्र‘वकुण्ड हुँदै डोला लक्ष्मीनियाँ गाउँपालिका स्थित कञ्चनवन पुग्छ ।

कञ्चनवनमा इच्छावती गंगा र वीरजा गंगाको संगमस्थल रहेको र त्यहाँ रामसीताले होली उत्सव मनाएको स्मरणमा होली समारोहको आयोजना गरी परिक्रमा सरिक साधुसन्त तथा भक्तजनहरूले होली खेल्ने गर्छन्। त्यसपछि डोला पर्वता तर्फ मोडिन्छ ।

पर्वताबाट धनुषाधाम पुग्ने गरेका डोलेहरूले धनुषाधाममा रामसीताको स्वयंवरको बेला रामले शिवको धनुष भाँचेको टुक्रा झरेको अवशेष भएको मन्दिरको दर्शन गर्ने गर्छन्।

दशमी तिथिमा सतोषर भन्ने स्थानमा डोलेहरू बास बसेर क्रमशः औरही, करुणा हुँदै कल्याणेश्वर भएर विशौल पुगी विश्राम गर्छन्। फागुन पूर्णिमाको दिन डोला जनकपुरधाम आईपुगी अन्तरगृह परिक्रमा गरी समापन हुने गर्दछ ।

परिक्रमामा नेपाल र भारतको गरी १ सय ३३ किलोमिटर लामो पैदल यात्रा हुने गरेको छ ।

जसमा हजारौंको संख्यामा श्रद्धालुहरू सहभागी हुने गर्दछन्। पवित्र धार्मिक स्थलहरूको परिक्रमा गर्दा दुःखकष्टको निवारण भई पाप नष्ट हुने जनविश्वासका रहेको छ ।

जानकी मन्दिरका महन्थ रामतपेश्वरदास वैष्णवका अनुसार परिक्रमा नेपाल र भारत दुई देश बिचको सांस्कृति सम्बन्धको ठूलो पुल हो। परिक्रमाले दुई देशको सभ्यता र संस्कारलाई समृद्ध बनाउने काम गरेको छ ।

परिक्रमाका क्रममा पुगिने सबै धार्मिक स्थलहरू रामायणको विशेषता र रामसीताको वैवाहिक सम्बन्धसँग जोडिएका स्थानको रुपमा रहेका छन्। परिक्रमा अवधिभरी सहभागी यात्रुहरूले चोखो खानेकुरा खाने, लहसुन, प्याज सेवन नगर्ने, खाली खुट्टा हिँड्ने, बिहानै उठेर नुहाई धुवाई गरी भजन कीर्तनमा सहभागी हुनुपर्ने नियमहरू बनाइएको हुन्छ ।

परिक्रमाले नेपाल भारतको सम्बन्धलाई परापूर्वकालदेखि प्रगाढ बनाएको महन्थ नवलकिशोर दासको भनाई छ ।

परिक्रमा भरी माछामासु र मदिरा निषेध

धनुषा जिल्ला प्रशासन कार्यालयले आज देखि १५ दिन सम्म परिक्रमा क्षेत्रभित्र माछामासु र मदिराको कारोबारमा रोक लगाएको छ ।

प्रमुख जिल्ला अधिकारी वन्धु वास्तोलाले शुक्रवार एक सूचना जारी गरि ऐतिहासिक धार्मिक महत्वको परिक्रमा यात्रका अवधिभर जनकपुरधाममा माछामासु तथा मदिराको कारोबार नगर्न अनुरोध गरेका हुन् ।

सूचना अनुसार जनकपुरधाममा आज देखि चैत्र १५ गते सम्म माछामासु र मदिरा सेवन तथा बिक्रीवितरणमा रोक लगाएको छ । सूचनाको बर्खिलाप गरे गराईएको पाईमा सामान्य प्रशासन ऐन बमोजिम कारबाही गरिने प्रजिअ वास्तोलाले चेतावनी दिए ।

जिल्ला प्रशासन कार्यालय धनुषाले पटक पटक जनकपुरधामको परिक्रमा एरियाभित्र माछामासु तथा मदिरा निधेष गर्ने गरेको भए पनि त्यसको व्यापक उल्लङ्घन हुने गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
जउवा संघको निर्वाचनमा अतिरिक्त मतपत्र फेला, असन्तुष्ट द्वारा प्रदर्शन, चार जना घाईते
प्रदेश २: संसदीय दलको नेतामा साह चयन, माओबादी छोडेका चार प्रदेशसभा सदस्यहरु माथि कारबाही
सीके राउत अझै ‘स्वतन्त्र मधेश’ गतिविधिमा संलग्न !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]