About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
बोर्डरमा पेट्रोलियम पदार्थ कालोबजारी गर्न दिन्नौ, कुनै गुनासो भए जवाफ म संग छ – प्रमुख साह

खोज केन्द्र शुक्रबार, फाल्गुण २८, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

नेपाल आयल निगम महेन्द्रनगर डिपोका प्रमुख मनोज कुमार साहले आफू आफ्नो कार्य र पद प्रती सधै वफादार भयको जिकिर गरेका छन ।बिगत केही दिन आगडीको बोर्डरमै ट्रक रोकियको घटना बारेमा बताउदै उनिले कालोबजारी हुन आफू नदिने बताएका छन ।

केही समय अगाडि ट्यान्कर बोर्डरमै चार दिन रोकाएर विभिन्न बहाना लगाइ जोगेन्द्र यादवलाई पक्राउ गरेको भन्दै सो विरोधमा ट्यांकर चालकहरु केही दिन अगाडि तेल ढुवानी बन्द गरेका थिय । उनीहरुले डिपो प्रमुख मनोज साहले चालकहरुलाई अनावश्यक लान्छना लगाई फँसाउन खोजेको भन्दै आन्दोलनमा उत्रेका थिय भने यता सो कुराको खण्डन गर्दै महेन्द्रनगर डिपो प्रमुख साहले टयाँकर चालकहरुलाई तेल चोरी गरी भारत पठाएको आरोप लगाउँदै टयाँकर नेपाल भारतको बोर्डरमै रोकाएका जनकारी गराए ।

आयलमा कुनै गुनासो भए त्यसको जवाफमा मसधै तयार छु -प्रमुख मनोज साह ।

सो घटना बारे बोल्दै बोर्डरमा कालो बजारी हुन आटेको सुचना आफुले पाएको र त्यसको विरुद्ध आफुले तुरुन्त एक्सन लिएको जनाएका छन ।भारत विहारको बरौनीबाट ल्याउने ट्यांकरबाट ५० लिटरसम्म पेट्रोल चुहावट भएको पाइएपछि कार्यालयले चारवटा ट्यांकरलाई कारबाही स्वरुप भिठामोड बोर्डरमै रोकेको उनले जनाए ।

तपाईंले ज्यालादारीको मान्छे एका एक हटाएर आफ्नो मोनोमानी प्रर्दशन गर्नु भो रे नि त भन्ने पत्रकारको प्रश्नमा आफू सङ राख्न र हटाउन मिल्ने अधिकार नभएको र यो केन्द्रको काम भएको हुदा आफ्नो कुनै हात नरहेको जानकारी गराएका छन ।

सन्चारकर्मी सग कुरा गर्दै डिपो प्रमुझ साहले भने “आफू पदभार ग्रहण गरे देखि तेलको आपुर्ती र सर्बसाधारणको समस्या प्रती गम्भीर रहेकोछु ,हामी हाम्रो भण्डारण क्षमाता पुरानै क्रममा रहेकाकाले केही समस्या भयको हो तर यस प्रती म सधै सजक रहेको छु । ”

आफ्नो साहसिक कार्य प्रती सर्बसाधरणले खुसी मान्नुको सट्टा आफू प्रती नकारात्मक सोचेको मा दु:ख लागेको आफू दुई चार दिनको कर्मचारी रहेको तर यहाका मानिस यसका सधै का मालिक हुन उनी हरुले यस निगमको बृहतर हितमा सोच्नु पर्ने भन्दै आयल निगमको जग्गामा सेनाको क्याम्प खडा भयको हुदा जग्गामा आफुहरुलाई केही असजिलो समेत रहेको कुरा नकार्न नमिल्ने जनाएका छन ।

सखुवा महेन्द्रनगर डिपो अन्तर्गत धनुषा, महोत्तरी र सिन्धुलीको पेट्रोलियम पदार्थ ढुवानी हुने गरेको छ । पेट्रोल भारतको बरौनीबाट र डिजेको ढुवानीे अमलेखगञ्जबाट हुने गरकेो छ ।

सम्बन्धित

ताजा अपडेट
जउवा संघको निर्वाचनमा अतिरिक्त मतपत्र फेला, असन्तुष्ट द्वारा प्रदर्शन, चार जना घाईते
प्रदेश २: संसदीय दलको नेतामा साह चयन, माओबादी छोडेका चार प्रदेशसभा सदस्यहरु माथि कारबाही
सीके राउत अझै ‘स्वतन्त्र मधेश’ गतिविधिमा संलग्न !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]