About Contact
११ आषाढ २०७८, शुक्रबार
Close
बिज्ञापन
ढुक्क हुनुस जसपा फुट्दैन, राजपा सरकारमा पनि जाँदैन : मन्त्री सोनल

खोज केन्द्र शुक्रबार, फाल्गुण २८, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार टिकाउन गर्नुभएको अथक प्रयासको पहिलो स्टेप जसपाको पूर्वराजपा समूहलाई चोइटाएर सरकारमा सामेल गराउने हो । 

त्यहि क्रममा यसबीच बालुवाटार र उक्त समूहका नेता महन्थ ठाकुरसहितको टोलीसँग घनिभूत छलफल भएको छ ।

यसअघि प्रधानमन्त्री निकट अन्य नेताहरूसँग छलफल गरेको उक्त समूहले बिहीबार दिउँसो र शुक्रवार पनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै भेटेर आफ्नो कुरा राखेको हो ।

यता नियमित भएको सरकार र पूर्वराजपाबीचको भेटघाटले केन्द्रको सत्ता समीकरणमा आउने फेरबदलसँगै २ नम्बर प्रदेशमा समेत असर पर्ने ठानिएको छ । तर,कतिपयले केन्द्रको असर प्रदेशमा नपर्ने बताएका छन् ।

पूर्व राजपा समूहको कारण संघीय सत्ता समीकरणमा चेञ्ज भयो भने तपाईंको प्रदेश सरकारमा असर पर्छ कि पर्दैन ? भनेर सोधिएको जिज्ञासामा २ नम्बर प्रदेशका भौतिक योजना मन्त्री जितेन्द्र सोनलले भन्नुभयो ‘पहिले त माथिको सत्ता समीकरण नै हुँदैन । त्यति महत्वपूर्ण काम यति हतारमा हुँदै हुँदैन । त्यसमा व्यापक छलफल गर्न बाँकी नै छ । अहिले विषय प्रवेश नै भएको छैन ।’

सोनलको दृढ विश्वास छ ‘माथि पनि फुट्दैन,त्यहाँ नफुटेपछि तल असर पर्ने कुरै भएन ।’ 

२ नम्बर प्रदेशका भौतिक योजना मन्त्री सोनल पार्टी एक हुनुअघि राजपाको महासचिव र त्यसअघि तमलोपाको महासचिव थिए । 

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]