About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
वेपत्ता झा दम्पती अनुसन्धानमा चुक्दै प्रहरी, प्रहरी बिरुद्व जनकचौकमा अनसन

खोज केन्द्र बिहिबार, फाल्गुण २७, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

अपहरित बृद्ध दम्पतीलाई खोज्नमा प्रहरीले सक्रियता नबढाएको भन्दै जनकपुरधाममा विभिन्न ४१ संस्थाका प्रतिनिधिले अनिश्चितकालिन रिले अनसन सुरु गरेका छन् । 

महोत्तरीको पिपरा गाउँपालिका घर भएका ६५ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया पत्नी गीतादेवीको फागुन १० मा घरबाटै अपहरण भयो। तर प्रहरीले उनको अपहरण कसले गरे र कहाँ राखेको विषयमा सुइँको समेत पाउन सकेका छैन । 

झा दम्पतीको अवस्था अझै अज्ञात रहेका कारण उनको परिवार चिन्तित बनेका छन्। गाउँमा त्रास पैदा भएको छ ।

जनकपुरधामको जनक चोकमा धर्नामा बसेका मैथिल ब्राह्मण युवा महासभा प्रदेश २ का अध्यक्ष जानकीरमण झाले प्रहरीको अनुसन्धानमै प्रश्न उठाए । 

उनले भने, ‘प्रहरीको फितलो अनुसन्धानका कारण झा दम्पतीको अवस्था अझै अज्ञात छ ।’ झा दम्पतीलाई अविलम्ब अपहरणमुक्त गर्न र अपराधीलाई समातेर कडा कारबाही गर्न माग समेत गरे ।

उनले झा दम्पतीबारे राष्ट्रिय मानव अधिकार आयोगले चासो देखाउनुपर्ने बताए । प्रहरीले गम्भीर भएर विशेष अनुसन्धान गरोस् भन्ने उदेश्यले अनसन बसेको उनको भनाई छ । अपहरणमा परेको १६ दिन वितिसक्दा पनि झा दम्पतीको अवस्था अज्ञात रहँदा हत्या गरिसकेको अनुमान गरिएको छ । यद्दपी मृत्यू भएको प्रमाण पनि केहि फेला पर्न सकेका छैन । 

महोत्तरी प्रहरीले हालसम्म दर्जनौं व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुर गरिसकेका छन्।

चार जनालाई नियन्त्रणमा लिएर पनि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रदेश २ का प्रमुख डिआइजी धीरजप्रताप सिंहले विभिन्न दृष्टिकोणबाट अनुसन्धान जारी राखेपनि अहिलेसम्म क्लु फेला नपरेको बताए । उनले भने, ‘झा दम्पतीलाई माररे पोखरीमा फालेको हुनसक्ने भनेर महोत्तरी र धनुषाका ५० भन्दा बढी पोखरीमा समेत सर्च गरिसक्यौं । तर कतै फेला परने ।’ 

अपहरित झा मालपोत कार्यालयका पूर्व कर्मचारी हुन्। उनी जग्गा विषयको विवादमा अदालतमा परको े मुद्दामा साझी बसेका थिए । 

साक्षी बसेकै कारण उनको अपहरण भएको हुनसक्ने अनुमान धेरैको छ ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]