About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
गोप्य छलफलमा जुट्यो जसपा

जसपामा सत्ता समीकरणबारे विवाद

खोज केन्द्र बिहिबार, फाल्गुण २७, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरु छलफलमा जुटेका छन् । 

भावी सत्ता समीकरणलाई लिएर मंगलबार र बुधबार अन्य राजनीतिक दलहरुसंग छलफल तीब्र बनाएका जसपाका शीर्ष नेताहरु बिहीबार आन्तरिक छलफलमा जुटेका हुन् ।

बालकुमारीस्थित केन्द्रीय कार्यालयमा सो पार्टीको संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई,केन्द्रीय परिषद अध्यक्षद्वय उपेन्द्र यादव र महन्त ठाकुर,वरिष्ठ नेताद्वय अशोक राई र राजेन्द्र महतोवीच छलफल शुरु भएको हो । 

छलफलमा केन्द्रीय कार्यकारिणी सदस्य चन्दा चौधरीलगायत १५/२० जना नेता सहभागी रहेको बताइएको छ ।

जसपामा सत्ता समीकरणबारे विवाद छ । यादव र भट्टराई वर्तमान सरकारको बहिर्गमनको पक्षमा छन् भने ठाकुर र महतो अहिलेकै सरकारलाई निरन्तरता दिने गरी पनि छलफल गर्न सकिने अडानमा रहेको चर्चा छ । 

संसद्को अंकगणितमा निर्णायक देखिएको जसपाभित्रको विवाद र शीर्ष नेताहरुको छलफललाई चासोका साथ हेरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]