About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
जसपा फुटाउन चलखेल !

खोज केन्द्र बुधबार, फाल्गुण २६, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रधानमन्त्रीको नयाँ दौड चलिरहँदा जनता समाजवादी पार्टी फुटाउने खेल चलेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमत पुर्याउन जसपाको साथ लिन खोजेपछि फुटाउने खेल चलेको हो ।

भारतीय लबीको भनेर चिनिएका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पार्टी फुटाएरै भएपनि ओली सरकारलाई काँध हाल्न कस्सिएपछि सत्ता समीकरणमा नयाँ ट्वीस्ट शुरु भएको छ । 

सरकारमा जान संविधान संशोधन र जेलमा रहेका सांसद रेशम चौधरीको रिहाइलाई बटमलाइन बनाएको जसपा अन्तत: संविधान संशोधनको मुद्धा थाति राखेर र केही महिनाअगाडि जुटेको पार्टी फुटाएर सरकारमा जाने खतरा बढेको हो ।

ठाकुर र महतोले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव र डा.बाबुराम भट्टराईलगायतका नेताहरुलाई जानकारी नै नदिई ओलीसंग संवाद थालेपछि जसपामा शँकाको बादल मडारिएको छ । 

प्रतिनिधिसभा विघटनलाई प्रतिगमन भन्दै आन्दोलन गरेको जसपाका अधिकांश नेताहरु ओलीसंग सत्ता सहकार्य गर्ने ठाकुरको निर्णयको विरुद्धमा रहेका छन् । त्यसैले उपेन्द्र, भट्टराईलगायतका नेताहरु फरक निर्णय गरेर जाने तयारीमा रहेको बताइन्छ ।

प्रधानमन्त्री ओली भने आफ्नो मिशनमा सफल हुँदै जानुभएको छ । महन्थ-राजेन्द्रसंगको सहकार्यलाई ओलीले एक तीरले दुई शिकार हुने विश्लेषण गरेको उहाँ निकट स्रोतले बताएको छ । 

भारतीय संस्थापन निकट भनेर चिनिएका ठाकुरसंग सहकार्य गर्दा भारत खुशी हुने र जसपा पनि फुटाउन सकिने प्रधानमन्त्री ओलीको बुझाइ रहेको बताइन्छ । मधेसमा गिरेको आफ्नो छवि माथि उठाउन पनि अरु मधेसवादीसंग भन्दा महन्थहरुसंगको सहकार्य प्रभावकारी हुने उहाँको विश्वास छ ।

यसअघि उपेन्द्र यादव नेतृत्वको समाजवादीलाई फुटाउन गरिएको प्रयास असफल भएपछि यादवलाई हुर्मत लिएर सरकार छाड्न बाध्य पारिएको थियो । अहिले त्यसैको अर्को अध्याय शुरु भएको विश्लेषण हुन थालेको छ । 

भारतीय नाकाबन्दीविरुद्ध उभिएर राष्ट्रवादी छवि बनाउनुभएका प्रधानमन्त्री ओलीले त्यहि नाकाबन्दीको समर्थनमा नाकामा धर्ना बसेका महन्थ र राजेन्द्रलाई यति धेरै महत्व दिनुका पछाडि आफ्नो सत्ता जोगाउने चाल मात्र नभई राजपा फुटाउने रणनीति पनि रहेको बताइन्छ ।

यता,भारतीय लबीले काम गर्न थालेपछि मौन रहेको चिनियाँ पक्ष पनि खुल्न थालेको छ । चिनियाँ राजदूत हौ यान्छीले नयाँ परिस्थितिवारे बुझ्न एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसंग हिजो बेलुका भेटवार्ता गरेको बताइन्छ । 

त्यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईसंग भेटवार्ता गर्नुभएको थियो ।

बूढानिलकण्ठमा देउवालाई भेटेर निस्कनुभएका अध्यक्ष प्रचण्ड महाराजगंज,नारायणगोपाल चोकस्थित साम्बाला होटलमा कसैलाई भेटेर भट्टराई भेट्न टोखा पुग्नुभएको थियो । साम्बालामा प्रचण्डले कसलाई भेट्नुभयो भन्ने खुलेको छैन ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]