About Contact
११ आषाढ २०७८, शुक्रबार
Close
बिज्ञापन
मुख्यमन्त्री राउतद्वारा तेश्रो बर्दिवास महोत्सव उदघाटन

खोज केन्द्र मंगलबार, फाल्गुण २५, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

महोत्तरीको बर्दिवासमा तेश्रो बर्दिवास महोत्सव सुरु भएको छ । मंगलबारदेखि सुरु भएको महोत्सवलाई प्रदेश २ का मुख्यमन्त्री लालबावु राउतले उद्घाटन गरेका हुन् ।

हिमाल, पहाड तराई कोही छैन पराई, एक आपसी सद्भावको पहिचान बर्दिवासलाई नमूना सहर बनाउने हाम्रो अभियान भन्ने मूल नाराकासाथ तेश्रो बर्दिवास महोत्सव सुरु भएको हो ।

महोत्तरीको औद्योगिक, कृषि, पर्यटन, कला, संस्कृति तथा व्यापार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ ।

बर्दिवास उद्योग वाणिज्य संघका अध्यक्ष प्रहलाद कुमार क्षेत्रीको अध्यक्षतामा आयोजित महोत्सवको उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य शारदा देवी थापा, महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई, नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष कमलेश  मण्डललगायतको उपस्थिती रहेको थियो ।

महोत्सव चैत्र ८ गतेसम्म चल्ने बर्दिवास उद्योग वाणिज्य संघले जनाएको छ ।

 

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]