जिल्ला सहकारी संघ धनुषाको ५१ औं सधारण सभा सम्पन्न भएको छ । सधारण सभाबाट संघको अपचलित रकम असुल गर्ने निर्णय गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको प्रमुख आतिथ्य तथा संघका जिल्ला अध्यक्ष रामबाबु यादवको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।
सभाबाट संघका निवर्तमान अध्यक्ष हरिचन्द्र हरियौत यादव ले संघको अपचालन गरेको रकम असुल गर्ने निर्णय गरेको छ ।
निवर्तमान अध्यक्ष हरियौत र जिल्ला बचत सहकारी संघका धनुषा अध्यक्ष ध्रुव नारायण यादव लगायतका पदाधिकारीले राष्ट्रिय सहकारी जगेडा कोषको ४७ लाख, सहकारीको घर भाडा वापतको वार्षिक ४ लाख, राष्ट्रिय सहकारी बोर्डको अनुदान रकम १८ लाख र संघको १७ धुर जग्गा कौडिको भाउमा बेचेर रकम अनियमितता गरेको भन्दै सभाको बन्द सत्रबाट असुल गर्ने तथा कानूनी दायरामा ल्याउने निर्णय गरिएको उपाध्यक्ष सिताराम यादवले बताए ।
सभाको उदघाटन सत्रमा सेयरधनी संजय साह, राजपा नेता मनोज चौधरी, प्रशान्त झा, सरोज यादव, मुकेश यादव, लक्ष्मण महासेठ, मनोज साह लगायतका व्यक्तीहरुको सहभागीता थियो