About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
नेकपा फुत्किंदाको कानुनी अफ्ठेरो !

खोज केन्द्र आइतबार, फाल्गुण २३, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

सर्वाेच्च अदालतले आज नेकपा भन्ने दल ऋषिराम कट्टेलले नेतृत्व गरेकोलाई मानेपछि सत्तारुढ नेकपाको हैसियत र भविष्य फेरि अन्योलमा धकेलिएको छ ।

सर्वाेच्चको फैसला या त फेरि एकीकरणको प्रकृयासहित नयाँ नाम राख्न वा पूर्ववत हैसियतमा फर्कन आदेश गरेकोले सत्ताधारी दल भित्रको रडाको पुन नयाँ चरणमा प्रवेश गरेको छ ।

०७५ जेठ ३ गते तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण गर्ने निर्णय भएको थियो । सोही वर्षको भदौमा दुबै पार्टीले नाम परिवर्तन गरी नेकपा राखेका थिए । तर सर्वाेच्चले आज आयोगले दिएको मान्यता उल्टाइदिएको छ ।

अब पार्टी एकीकरणको नयाँ श्रृँखला अघि बढ्ने अवस्थामा छैन । त्यसैले पुरानै हैसियतमा जानुपर्ने बाध्यात्मक स्थिति निर्माण भएको छ । यसो हुँदा अब प्रतिनिधिसभामा एमालेको १२१ र माओवादी केन्द्रको ५३ सिट रहेको आधिकारिक मान्नुपर्ने भएको छ ।

तर राजनीतिक रुपमा भने प्रधानमन्त्री केपी ओली र प्रचण्ड–माधव पक्षमा दल विभाजित अवस्थामा रहेको छ । अब के होला त ? धेरैले अनौठो अवस्था मानेका छन् ।

सबैभन्दा अफ्ठेरो भनेको माधव नेपाल, झलनाथ खनाल,भीम रावल, योगेश भट्टराई, घनश्याम भूूषाल लगायत नेतालाई एउटा खेमामा परेको देखिन्छ भने अर्कातिर रामबहादुर थापा, लेखराज भट्ट, प्रभु साह , टोपबहादुर रायमाझीहरुलाई रनभुल्लमा पारेको छ ।

अब यो विवादको एउटा स्वरुप फेला नपरेसम्म अविश्वास प्रस्ताव लगायतका विषयमा तत्कालै कुनै निर्णय हुने देखिंदैन ।

सम्बन्धित

ताजा अपडेट
जउवा संघको निर्वाचनमा अतिरिक्त मतपत्र फेला, असन्तुष्ट द्वारा प्रदर्शन, चार जना घाईते
प्रदेश २: संसदीय दलको नेतामा साह चयन, माओबादी छोडेका चार प्रदेशसभा सदस्यहरु माथि कारबाही
सीके राउत अझै ‘स्वतन्त्र मधेश’ गतिविधिमा संलग्न !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]