About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
मन्त्री सोनलद्वारा राप्ती–दुधौरा डाइभर्सन बहुउद्देश्य आयोजना निरिक्षन

बारा पर्सामा सिचाई तथा खानेपानी पुर्याईने

खोज केन्द्र शनिबार, फाल्गुण २२, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रदेश न. २ का भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले राप्ती–दुधौरा  डाइभर्सन बहुउद्देश्य आयोजनाका लागी निरिक्षण गरेका छन् । 

प्रदेश २ सरकारको पहलमा संघिय सरकारको सहयोगमा बाग्मती प्रदेशको राप्ती खोलामा ड्याम बनाएर प्रदेश २ को दुधौरा खोलामा पानी ल्याउने योजनाअन्र्तगत निरिक्षण गरिएको मन्त्री सोनलले बताए ।

उक्त योजनाबाट बारा पर्साका किसानहरुलाई सिचाई तथा खानेपानीको लागी पर्याप्त मात्रामा पानीको प्रयोग गर्न सकिने उहाँले बताए ।

अन्नको भण्डार भनेर चिनिने तराईमा सिचाईको समस्या भोग्नुपर्ने अवस्थाको अन्त्यका लागी बहुउद्देश्य योजनालाई सफल पार्न सक्रियताका साथ लागीरहेको सोनलको भनाई छ ।

सोही विषयमा बाग्मती प्रदेशको राजधानी हेटौडामा अन्तरक्रिया समेत गरिएको मन्त्री सोनलका स्वकिय सचिब रमेश सर्राफले बताए ।

संघिय सांसद एकवाल मिया, प्रदेश सभा सदस्य रामचन्द्र सिँह, मन्त्रालयका सचिब रामअधार साह, महाशाखाका प्रमुख, इन्जिनियर, स्थानीय जनप्रतिनिधि लगायतको उपस्थितीमा भएको अन्तरक्रियाले राप्ती–दुधौरा  डाइभर्सन बहुउद्देश्य योजना सफल पार्ने निस्कर्ष निकालेको छ ।

निरिक्षणपछि दोस्रो चरणमा डिपिआर तयार गरि लागत अनुमान तयार गरेर आयोजनाको काम थालनी गरिने मन्त्री सोनलको भनाई छ । 

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]