अपराध नियन्त्रण हुन्छ की !
अब सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी मुख्यालय प्रदेश नम्बर २ महाेत्तरीले सीमा क्षेत्रमा हुने अापराधीक गतिविधि तथा चाेरी तस्करी नियन्त्रण गर्न प्रदेश २ काे अाठवटै जिल्लामा सिसिटिभी क्यामरा जडान गर्न थालेकाे छ ।
भारतीय सीमासँग जाेडिएकाे प्रदेश २ काे सप्तरीदेखि पर्सासम्मा ४६४ किलोमिटर जाेडिएकाे सीमामा हुने अापराधिक गतिविधि तथा चाेरी तस्करीलाई नियन्त्रण गर्न सीमा क्षेत्र तथा पूर्व – पश्चिम राजमार्गको मुख्य ठाउँमा करिब २०० जति सिसिटिभी क्यामरा जडान गर्न लागिएकाे प्रदेश २ का सशस्त्र प्रहरी नायव महानिरीक्षक चन्द्रप्रकाश गाैतमले बताए ।
बाराकाे सिम्राैनगढ नगरपालिका -९ बाँसबारीमा जडान गरिएको तीन वटा सिसिटिभी क्यामरा सञ्चालनमा रहेकाे छ भने साेही नगरपालिका -१ मा तीन , बेल्दारीमा दुई , कलैया उपमहानगरपालिका -१० मिटअर्वामा तीन, महागढीमाई नगरपालिका -७ बेनाैलीमा तीन वटा क्यामरा सञ्चालन रहेकाे भने बरैनियामा तीन र कवहीगाेठ- मा क्यामराकाे सामाना उपलब्ध गराएकाे छ ।
यसैगरी पर्साकाे वीरगन्ज महानगरपालिका -१६ काे भन्सार मूलद्वारमा चार, वीरगन्ज महानगरपालिका -१ प्रगति नगरमा तीन, अादर्शनगर तीन , अलाैमा चार , अमरपटिमा तीन , छिपहरमाई गाउँपालिका -५ भिस्वा सीमा क्षेत्रमा तीन , ठाेरी गाउँपालिका, ५ सुर्वणपुर बाघमाेर्चामा तीन, साेही गाउँपालिका -२ ठुटे खाेला र बजारमा दुई वटा क्यामरा जडान गरिने लक्ष्य रहेकाे बताइएकाे छ । ती जडान भएका सिसिटिभी क्यामराकाे सशस्त्र प्रहरीको जिल्ला कार्यालय तथा प्रदेश २ काे कुख्यालयबाट सीमा क्षेत्रकाे गतिविधि हेर्न सकिने व्यवस्था गरिएको छ ।
यसैगरी सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीले अाचरणविपरीत काम गरेको भन्दै प्रदेश २ भरि अाठ सशस्त्र अधिकृतसहित ६० भन्दा बढीलाई कारवाही गरेको साे कार्यालयले जनाएको छ ।
सीमा क्षेत्रमा बढ्दै गएकाे अापराधिक गतिविधि तथा चाेरी तस्करीलाई नियन्त्रण गर्न केन्द्रकाे निर्देशनअनुसार प्रदेशभरी सिसिटिभी क्यामरा जडान गर्न लागिएको हाे ।
कतिपय ठाउँमा सिसिटिभी क्यामरा जडान भइसकेको छ भने अन्य ठाउँमा जडान हुन् बाँकी रहेको छ ।