प्रदेश २ पत्रकार मैत्री प्रदेश हुने
प्रदेस नम्बर २ को आन्त्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले रेडियो पत्रकारिता लाई सशक्त बनाउन जोड दिएका छन ।
जनकपुरमा आयोजित अकोरावको कार्यक्रममा मन्त्री यादवले प्रदेश २ पत्रकार मैत्री प्रदेश हुने प्रतिवद्वता जनाए ।
प्रदेश २ सरकारले चाँडै पत्रकारितामै जीवन गुजारेका अग्रज पत्रकारहरुलाई लक्षित गरी पत्रकार पेन्सन योजना ल्याउन गृह कार्य सुरु भएको समेत जानकारी गराए ।
उक्त कार्यक्रममा आन्त्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिहं कुशवाहाले पत्रकारिताको पढाईका लागि कलेजको व्यवस्थापन कार्यलाई अगाडि बढाईने बताए । सामुदायिक रेडियोको विकासका लागि विज्ञापनमा एकद्धार प्रणाली लागु गर्ने मन्त्री कुशवाहाले प्रतिवद्वता गरे ।
उक्त कार्यक्रममा प्रदेस २ का ८ वटै जिल्लाका संचारकर्मिहरु सहभागी थिए ।