About Contact
११ आषाढ २०७८, शुक्रबार
Close
बिज्ञापन
इरानले सुलेमानीको हत्याको बदला लिने उद्घोष,पुनः आक्रमण गरे इरानका ५२ वटा स्थानमा तत्काल प्रत्याक्रमण गरेर कडा जवाफ दिने ट्रम्पको धम्की

खोज केन्द्र आइतबार, पौष २०, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

वासिंगटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानले अमेरिकी नागरिक वा सम्पत्तिमाथि पुनः आक्रमण गरे इरानका ५२ वटा स्थानमा तत्काल प्रत्याक्रमण गरेर कडा जवाफ दिने धम्की दिएका छन् । अमेरिकी हवाई हमलामा इरानी उच्च सैन्य कमान्डर कासिम सुलेमानीको बग्दादमा मृत्यु भएपछि इरानविरुद्ध लगातार धम्की दिँदै आएका ट्रम्पको पछिल्लो भलाई आएको हो । इरानले सुलेमानीको हत्याको बदला लिने उद्घोष गरिसकेको छ ।

अमेरिकी हमलामा मारिएका सुलेमानीको शनिवार बग्दादमा शवयात्रा सहित अन्त्येष्टि गरिएको छ । उनको शबयात्रामा हजारौं इरानी नागरिकले सहभागिता जनाएका थिए । त्यसको केही बेरपछि शवयात्रा गरिएको क्षेत्रमा केही विस्फोटहरू भएका थिए ।

बग्दादस्थित ग्रीन जोनमा अमेरिकी दूतावासनजिकै एउटा क्षेप्यास्त्र खसेको थियो । अमेरिकी सैनिकहरू बस्ने ठाउँ भएको राजधानीको उत्तरी क्षेत्रमा पनि क्षेप्यास्त्र आक्रमण भएको थियो । तर ती घटनामा कोही घाइते नभएको इराकी सुरक्षा स्रोतहरूले बताएका छन् ।

ती आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै समूहले लिएको छैन । तर इरानपक्षधर लडाकुहरूले हमला गरेको आरोप लगाइएको छ । ट्रम्पले अमेरिकी पक्षमाथि आक्रमण भए अमेरिकाले इरानका ५२ वटा स्थानलाई निसाना बनाउने र त्यो धेरै छिटो र धेरै कडा हुने सामाजिक सञ्जाल ट्विटरमा उल्लेख गरेका छन् ।

सुलेमानी इरानको मध्यपूर्व मामिलाका मुख्य शिल्पीका रुपमा परिचित थिए । त्यसैले उनको मृत्युले इरानलाई क्षति पुगेको छ । इरानले केही अमेरिकी ठाउँलाई निसाना बनाउने कुरा चर्को रूपमा गरेको भन्दै ट्रम्पले अमेरिकालाई इरानी धम्की मन नपरेको संकेत गर्दै कडा प्रतिक्रिया जनाएका छन् ।

उनले लेखेका छन्, ‘अमेरिकालाई थप धम्की चाहिँदैन ।’ उनका अनुसार अमेरिकाले पहिचान गरेका इरानका ५२ ठाउँमध्ये केही इरान र इरानी संस्कृतिको पहिचान बोकेका महत्वपूर्ण स्थान छन् ।

सन् १९७९ मा इरानस्थित अमेरिकी दूतावासबाट ५२ अमेरिकी नागरिकलाई बन्दी बनाइएको प्रसंग उल्लेख गर्दै ट्रम्पले अहिले अमेरिकी निसानामा रहेका इरानका ५२ स्थानले तिनको प्रतिनिधित्व गर्ने चेतावनी समेत दिएका छन् ।

ट्रम्पले इरानलाई चेतावनी दिँदै ट्वीट गरेको केही बेरमै एउटा अमेरिकी सरकारी वेबसाइट ह्याक भएको पाइएको छ । ‘इरान साइबर सिक्युरिटी ग्रुप ह्याकर्स’ नामक समूहले त्यसको जिम्मेवारी लिएको छ । ह्याक भएको अमेरिकाको संघीय डिपोजिटरी लाइब्रेरी प्रोग्रामको वेबसाइटमा लेखिएको छ, ‘यो इस्लामिक गणतन्त्र इरानको सन्देश हो ।’

सो वेबसाइटमा राष्ट्रपति ट्रम्पको बिगारिएको तस्बिर राखिएको छ । जसमा उनलाई अनुहारमा हानिएको र मुखबाट रगत बगेको देखाइएको छ । ह्यारहरुले लेखेका छन, ‘यो इरानको साइबर क्षमताको एउटा पाटो मात्र हो !’

६२ वर्षीय सुलेमानीलाई इरानका सर्वोच्च नेता आयतूला अली खामनेईपछि दोस्रा शक्तिशाली व्यक्ति मानिन्थ्यो । सुलेमानीको नेतृत्वमा रहेको कूड्स फोर्सलाई इरानको रेभलूशनरी गार्ड्सको उच्चतम एकाइ मानिन्छ । सुलेमानीले सर्वोच्च नेताबाहेक अरू कसैको आदेश मान्नु पर्दैनथ्यो । उनलाई इरानमा राष्ट्रिय नायकका रूपमा लिइन्थ्यो ।

उनले मृत्युपर्यन्त २१ वर्ष कूड्स फोर्सको नेतृत्व गरे । उनको कार्यकालमा इरानले हेज्बुलालाई बलियो बनायो भने लेबनानमा आफूलाई समर्थन गर्ने लडाकु समूहको संगठन विस्तार गर्न सफल भयो । सुलेमानीलाई इराक र सिरियामा इरानको सैन्य उपस्थिति बढाएको र सिरियाको लामो गृहयुद्धमा लडाकु समूहविरुद्ध कारबाहीको योजना कार्यान्वयनमा ल्याएको श्रेय दिइन्छ ।

गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु सन्धी तोड्ने धम्की दिँदा उनले भनेका थिए, ‘यदि ट्रम्पले युद्ध सुरु गरे भने, त्यो युद्धको अन्त्य हामी गर्नेछौं ।’

सन् २०१८ मा इरानको पोलिङ एजेन्सीले अमेरिकाको मेरिल्यान्ड विश्वविद्यालयसँग मिलेर गरेको अनुसन्धानमा उनको लोकप्रियता ८३ प्रतिशत देखिएको थियो । यो लोपप्रियता राष्ट्रपति हसन रौहानी र विदेशमन्त्री जावेद जरिफभन्दा पनि बढी हो । सुलेमानीले यसअघि राष्ट्रपति बन्न गरिएको आग्रह अस्वीकार गरेका थिए ।

अमेरिकाले गत वर्षको अप्रिलमा इरानको रिभोल्युसनरी गाड्र्स र जनरल कासिमको युनिट कुद्स सेनामाथि आतंकवादी संगठन घोषणा गर्दै प्रतिबन्ध लगाएको थियो ।

आइआरजीसीले आफ्नो गठनलगत्तै आतंकवादी फैलाउने काम सुरु गरेको अमेरिकाको आरोप थियो । विदेशमा यो विशेष सेना कुद्स फोर्समार्फत आतंकवादी अभियान अघि बढाउँदै आएको अमेरिकाले आरोप लगाएको थियो ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार २००३–२०११ को बीचमा जनरल कासिमका कारण इराकमा ६ सय ३ अमेरिकी सैनिकको मृत्यु भएको थियो । यो संख्या इराकमा अमेरिकी सैनिकको कुल मृत्युमध्ये १७ प्रतिशत हो । यसका साथै इराकी शिया विद्रोहीलाई बम बनाउने तरिका सिकाउने र इराकी नागरिकको मृत्युमा पनि कासिम जिम्मेवार रहेको अमेरिकाको आरोप थियो ।

कुड््स सेनाका प्रमुख बनेपछि विगत २१ वर्षमा इजरायल, साउदी र पश्चिमी शक्तिले जनरल कासिमको हत्याका लागि कयौंपटक प्रयास गरेका थिए । सन् २००६ मा उत्तर–पश्चिम इरानमा एक विमान दुर्घटनामा उनको मृत्यु भएको खबर फैलाइएको थियो ।

त्यसपछि सन् २०१२ मा सिरियाको दमास्कमा भएको बम विस्फोटमा राष्ट्रपति असदको बफादारका साथै कासिमको पनि मृत्यु भएको खबर बाहिर आएको थियो । नोभेम्बर २०१५ मा सिरियाको एलेप्पोमा आइएसविरुद्ध युद्धका दौरान कासिमको मृत्यु भएको भनिएको थियो । तर हरेक पटक उनी बाँच्न सफल भएकाले उनलाई ‘जिउँदो सहिद’ को उपमा समेत दिइएको थियो ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]