प्रधानमन्त्री केपी ओलीले नेपाली जनताका अब दुख र कष्टका दिन गइसकेको बताएका छन् । सिन्धुलीको कुसुमटारमा सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास समारोहलाई सम्बोधन गर्दै ओलीले अब हिजोको जस्तो नेपाली जनताका दुख, कष्टका दिन गएको बताएका हुन् ।
सो क्रममा प्रधानमन्त्री ओलीले सुनकोशी–मरिन डाइभर्सन आयोजनका मुख्य २ वटा उदेश्य रहेपनि यो बहुआयामीक आयोजना भएको प्रस्ट पारे ।
उनले आयोजनाबाट बारादेखि धनुषासम्मको १ लाख ८५ विघाहा जमिन सिंचाई हुने तथा ३१ मेगावाट विद्युत उत्पादन गर्ने आयोजना सम्पन्न भएपछि २ नम्बर प्रदेशका जिल्लाहरुमा पुग्ने सिंचाइले तराई हरियाली र बगैँचाका रुपमा विकसित हुने बताए ।
फरक प्रशंगमा प्रधानमन्त्री ओलीले नेपाली जनतालाई अहिलेको राजनीतिबारे केही चिन्ता रहेपनि चिन्ता नगर्न आग्रह गरे । उनले मुलुकलाई समृद्ध बनाउन पार्टी एकता गरेपनि अहिले आएर केही समस्या भएपनि केही फरक नपर्ने बताए
‘केही केही पिलो निचोरिएर जान्छन् । चिन्ता गर्नुपर्दैन । आन्दोलन देशलाई सम्मृद्ध बनाउनेतिर जान्छ’, ओलीको भनाइ छ ।
उनले मधेसमा केपी ओलीलाई पस्न नदिने भन्ने सुनेको भन्दै आफुलाई पस्न नदिएपनि पानी पसाइदिएर खेतमा सिंचाई गरिदिने दावी गरे ।