About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
यातायात कार्यालय जनकपुरमा प्रहरीको छापा, १५ दलाल पक्राउ

खोज केन्द्र बुधबार, फाल्गुण १९, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

दलालहरुले पैसा लिएर काम गर्ने गरेको सूचनाका आधारमा नेपाल प्रहरीले यातायात कार्यालय जनकपुरमा छापा मारेको छ । 

सेवाग्राहीको गुनासो बढेपछी यातायात कार्यालय मा भ्रष्टाचार तथा बिक्रीति बढाएको भन्दै छापामारेर पक्राउ गरिएको धनुषाका प्रहरी प्रमुख प्रकाश रानाभाटले जानकारी दिए । सेवाग्राहीबाट मोलमोलाई गरी रकम लिएर काम समेत नगर्ने गरेको तथा रकम चलखेलमा सक्रिय दलाललाई नियन्त्रण मा लिएर अनुसन्धान अगाडी बढाएको रानाभाटले बताए । 

जनकपुरको मुजेलिया स्थित यातायात कार्यालयमा धनुषा प्रहरीले आज  छापा मारेर १५ जनालाई नियन्त्रणमा लिएको हो ।

सवारी चालक अनुमतिपत्र लाइसेन्स बनाउन दलालहरुले सेवाग्राहीबाट रकम लिने र कार्यालयका कर्मचारीहरुसँग मिल्ने गरेको कुरा पटक पटक आइरहेपनि प्रहरीले यत्तिबेला आएर छापा मारेको हो । 

धनुषा प्रहरीले गरेको छापाबाट कार्यालय परिसरमा रहेका (दलाल) एजेन्टहरूलाई नियन्त्रणमा लिएको हो ।

 कार्यालयबाट श्याम सुन्दर यादव, गौरीशंकर नायक, योगेन्द्र कुमार यादव, अरीफ राईन, भवीद्द्न साह, संजय साह, उमेश कुमार महतो, ध्रमेन्द्र कुमार यादव सहित १५ जना एजेन्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  

प्रहरीले नियन्त्रणमा लिएका एजेन्टहरुले यातायात कार्यालयका कर्मचारीलाइ पनि पक्राउ गर्नुपर्ने बताएका छन् । 

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]