घुसलिने अध्यक्ष राउतलाई पक्राउ गर्न स्थानिय आन्दोलित
कमिसन बापत लिएको ८ लाख रुपैँया घुस रकम गाडीबाट फालेर फरार भएका बटेश्वर गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउतलाई पक्राउ गर्न माग गर्दै गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरी स्थानीयहरु आन्दोलित भएका छन ।कार्यालयको मूल गेट अगाडी उनीहरु धर्नामा बसेका छन् ।
विभिन्न पार्टीका स्थानीय नेता तथा कार्यकर्ता सहित, नागरिक समाज तथा सर्वसाधारणले भ्रष्ट अध्यक्षलाई पक्राउ गर्न माग गर्दै गाउँपालिकामा तालबन्दी गरेका हुन् ।
अख्तियारको लापरवाहीका कारण घुस लिने अध्यक्ष फरार भएको उनीहरुको तर्क छ ।
बटेश्वर गाउँपालिकाका हरेक योजनामा अध्यक्ष राउत स्वमले कमिसन लिदै आएकाले उनीहरुले हरेक विकासे योजनाको फाइल नियन्त्रणमा लिई अख्तियारलाई थप अनुसन्धान गर्न समेत माग गरेका छन् ।
एउटै योजनाको अन्तिम भुक्तानमीमा ८ लाख रुपैँया भन्दा बढी कमिसन लिएको आरोप लगाउँदै अख्तियारको छापा प्रति शंका गरेका छन । तालाबन्दी गरेका युवाहरुले सबै योजनामा ठेकेदार, उपभोक्ता समिती तथा कर्मचारीलाई थर्काउँदै व्यापक कमिसन अशुल गरेको आरोप लगाएका छन् ।
कमिसनबाटै आफन्तको नाउमा करडौँ रुपैँया बराबरको जग्गा, घडेर तथा घर ठडयाएको धर्नामा बसेकाहरुले दावी गरे ।
बटेश्वर गाउँपालिका अध्यक्षको गाडीबाट ८ लाख घुस बरामद भएको थियो । अध्यक्ष फरार छन । गाडी र चालक पक्राउ अख्तियारको नियन्त्रणमा छ ।