About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
काम गरेर देखाउने हैसियत भएका सांसदहरु !

सरोज “खिलाडी” आइतबार, फाल्गुण १६, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

संघिय समाजबादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जनता समाजबादी पार्टी नेपाल सरकारमा जाने अहिले निकै हल्ला र चर्चाको बिषय बनेको छ ।

जसपाका नेताहरुले आम कार्यक्रमहरुमा समेत जसपा सरकारमा जाने अभिव्यक्ति दिन थालेका छन् । यति मात्र होइन नेकपा प्रचण्ड – माधव समूहले त जसपाका नेता तथा अध्यक्ष महन्थ ठाकुरको साथै नेता राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठ संग त छलफल समेत गरिसकेका छन् ।

सामाजिक संजालमा त कसैले निलम्बित सांसद रेशम चौधरीलाइ छाड्नुपर्ने सर्त अगाडी सार्दै सरकारमा जानुपर्ने तर्क गरिरहेका छन् भने कसैले संबिधान संशोधनका बिषयहरु समेत उठाइरहेका छन् ।

मधेशीबाट नेपालमा कहिले पनि प्रधानमन्त्री बनेन भनेर पनि लेख्ने धेरै छन् तर मन्त्रि जुनसुकै पाएपनि सरकारमा जसपा जाने हो भने काम गरेर देखाउने हैसियत भएका जसपाका केहि सांसदहरु छन् जसको बारेमा आवाज उठ्दैन।

जसपाका अधिकांश ठुला नेताहरु एकपटक होइन कयौ पटक मन्त्रि पद पाइसकेका छन् ।

जसपामा मात्र होइन सबै पार्टीमा एउटै नियम लागु हुन्छ मुख्य मुख्य नेताहरु मन्त्रि पद पाउने। चाहे कांग्रेस-नेकपा होस् कि जसपा। प्रचण्ड देखि माधव नेपाल हुदै देउवा, उपेन्द्र, राजेन्द्र महतो सबैले पटक पटक मन्त्रि बनिसकेका छन् । त्यसो भए जसपा सरकारमा जाँदा कुन कुन सांसदलाई पठाउदा नया अनुहार सामेल हुन्छ र काम गरेर देखाउन सक्छ त ? भन्ने जिज्ञासा धेरैलाई हुन् सक्छ ।

जसपा सरकारमा जाँदा रेशम चौधरीको मुद्धा लिएर सांसद राजेन्द्र श्रेष्ठ, उमा शंकर अगरिया, प्रदीप यादव, प्रमोद साह र एकबाल मिया लगायतका नया अनुहारहरु छन्। त्यसो त नेता तथा सांसद राजेन्द्र श्रेष्ठ मन्त्रि नबनेका होइनन तर उनि दिग्गज तथा क्षमतावान बिद्धवान, जानकार र काम गरेर देखाउने हैसियतका नेता हुन्।

सांसद प्रदिप यादव त्यहि सांसद हुन् जसले मधेशमा बाढि पहिरो आएर रुवाबासी हुँदा सरकारको कानमा समाचार आउनु भन्दा अगावै राहत बाडेर बसेका हुन्छन। उनि जनताका हृदयमा बसेका नेता हुन्। अर्का सांसद उमा शंकर अगरिया बिना स्वार्थ जनताको घर दैलोमा पुग्ने र सधै सत्यको बाटोमा हिड्न मन पराउछन। कहिले गलत कामलाइ प्रोत्साहन नदिएका अगरिया जनकपुरमा निर्वाचित अत्याधिक लोकप्रिय नेता हुन् ।

त्यसैगरि खान र साह पनि उत्तिकै लोकप्रिय नेता हुन्। साह बिद्यार्थी नेता बाटै अत्याधिक चर्चा बटुलेर ख्याति प्राप्त गरि सर्लाहीबाट निर्वाचित सांसद रहेका छन् भने खान बारा जिल्ला बाट निर्वाचित सांसद हुन्। एकवाल काम गरेर देखाउने हैसियत भएका नेता भएकै हुनाले जनताले जिताएर पठाएका हुन्

जसपा नेपाल नेपालको बैकल्पिक पार्टि भएको हुनाले नयालाई अवशर दिंदा राम्रो हुन्छ । नभए कांग्रेस -नेकपा र जसपामा केहि फरक हुँदैन।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]