जनकपुरका चर्चित युवा ब्यापारी अम्भु प्रसाद साहले जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचनमा उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनबाट शिवम ट्रेडर्सका सञ्चालक साहले आगामी चैत २८ गते हुने संघको निर्वाचनमा उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
‘व्यवसायी समृद्ध भए मात्र देश समृद्ध हुन्छ । कुनै पनि संस्था या संगठनको नेतृत्व गर्नु भनेको आशा र भरोसाको सम्बाहक बन्नु हो र मैले पनि मेरा सहकर्मी, सहृदयी सबैजना उद्योगी व्यवसायी साथीहरुको आशा र भरोसाको सम्बाहक बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु’, साहले भने ।
जिल्लाका सम्पूर्ण उद्योगी व्यापारी तथा व्यवसायीहरुको हकहितको संरक्षण तथा सम्बद्र्धन गर्दै राष्ट्रको आर्थिक तथा सामाजिक विकासमा सहयोग पुर्याउन आफूले भूमिका निर्वाह गर्ने उनले बताए ।
उनले निजी क्षेत्रका समस्या समाधान गर्न व्यापार संघलाई अझ बलियो र सबल बनाउन आफूले अब आउने अध्यक्षसँग काँधमा काँध मिलाएर अगाडि बढ्ने सहित २० बुँदे घोषणापत्र समेत सार्वजनिक गरेका छन् ।
साहको उम्मेदवारी घोषणा संगै ब्यापर संघको निर्वाचनको चहलपहल बढेको छ । साथै जनकपुरको मिल्स एरियाका ब्यापारीहरु समेत साहको उम्मेदवारी लाई स्वागत गरेका छन ।