About Contact
०४ आश्विन २०७८, सोमबार
Close
बिज्ञापन
चन्द्रनगर होली महोत्वस आयोजना हुने

प्रतियोगितामा सहभागी हुन दर्ता खुल्ला

खोज केन्द्र शनिबार, फाल्गुण १५, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

मौलिक होली पुर्नस्थापना गराउने उदेश्यले चन्द्रनगर होली महोत्सव आयोजना हुने भएको छ । सर्लाही जिल्ला चन्द्रनगर गांउपालिकामा पालिका स्तरीय मौलिक होली प्रतियोगिता सहित चन्द्रनगर होली महोत्सव आयोजना गर्न लागेको भोरका संस्थापक राज कुमार महतोले बताए ।

आउदो चैत्र १५, २०७७ आइतवारका दिन चन्द्रनगर गांउपालिका, बबरगंजमा उक्त चन्द्रनगर होली महोत्सव आयोजना हुने संस्थाका अध्यक्ष पचुलाल माझीले जानकारी गराए ।

समाजबाट होलीको मौलिकता ह्रास भई सकेको र होलीको नाममा विकृती फैलिन लागेकोले भोरले यो आयोजन मार्फत मौलिक होलीको पुर्नस्थापना गर्न मदत गर्ने विश्वास भोरको कोषाध्यक्ष उमेश कुमार साहले दावी गर्छन ।

यस वर्ष देखि शुरु गरी प्रत्येक वर्ष चन्द्रनगर होली महोत्सव आयोजना हुने भोरका महासचिव सरोज प्रसाद दुलाल भन्छन । सामाजिक तथा धार्मिक सदभावको पर्वको रुपमा रहेको हाम्रो पुरातन संस्कृति होली वर्तमान समयमा निकै विकृत स्वरुपमा अगाडी बढदै गएको छ ।

चन्द्रनगर होली महोत्सवमा चन्द्रनगर गांउपालिकाका सात वटै वडाका विभिन्न टोलहरुबाट होली गायन गर्ने टोलीहरु बिच होली गायन प्रतियोगिता हुनेछ । चन्द्रनगर गांउपालिका बाहिरका होली टोली पनि यस महोत्सवमा सहभागी हुन सक्ने प्रावधान गरिएको छ ।

होली गायन प्रतियोगितालाई निष्पक्ष मुल्यांकनको लागि निर्णायक टोली हुनेछ जसले गायनको विभिन्न पक्षको आधारमा सबै होली टोलीलाई प्रथम, द्धितिय, तृतिय तथा क्रमशः अन्य स्थानमा प्राप्त अंकको आधारमा मूल्यांकन गर्नेछ ।

महोत्सवमा प्रथम, द्धितिय र तितृयलाई उचित आकर्षक पुरस्कार तथा प्रमाण पत्र प्रमुख अतिथि तथा बिशिष्ट अतिथिको हातबाट प्रदान गरिनेछ । त्यस्तै सहभागी सम्पूर्ण टोलीहरुलाई सहभागीताको प्रमाण पत्र प्रदान गरिनेछ ।

चन्द्रनगर होली महोत्सवमा सहभागी हुन होली गायन गर्ने टोलीले फागुन १५, २०७७ देखि चैत्र १०, २०७७ भित्र आफनो नाम दर्ता गराउन सक्नेछ । दर्ता फारम भोरको पालिका कार्यालय, बबरगंजमा उपलब्ध गराइएको छ ।

महोत्सवमा दर्ताको लागि भोरको कोषाध्यक्ष उमेश कुमार साहलाई ९८४४२४३०८२ वा ९८०७२०६२३० मा सम्पर्क गरी आफनो नाम दर्ता गराउन सकिने व्यवस्था समेत गरिएको छ । चन्द्रनगर होली महोत्सव आयोजन तथा व्यवस्थापन टोलीमा शत्रुघन महतो, राम ईश्वर महतो, रविन्द्र महतो, योगेन्द्र ठाकुर, राज कुमार साह, नविन साह, सरोज कुमार महतो, बिरेन्द्र माझी, मेघनाथ महतो, प्रमिला माझी, मंगली माझी, राजेश महतो, राज कुमार महतो, देव नारायण महतो, अमित चौधरी, उपेन्द्र महतो, प्रेम साह, राकेश महतो सहितको थप व्यक्तिहरु समाहित रहेको छ ।

मौलिक होली गायन संगै पारम्परीक शैलीमा होली खेल्ने तथा शुभकामना आदान प्रदान समेत महोत्सवमा गरिनेछ । महोत्सवमा आम जनसमुदायको सहभागीता सहित सर्वदलीय प्रतिनिधी, नागरिक अगुवा, कलाकार, सांस्कृतिक अभियन्ता तथा सरकारी र गैर सरकारी क्षेत्रका व्यक्तिहरुको सहभागीता रहनेछ ।

सम्बन्धित

ताजा अपडेट
भारत सरकारद्वारा ४२ लाख बराबरको राहत सामग्री रुपन्देहीका बाढिपहिरो पीडितलाई
संसोधन पछि मात्र एमसिसि पास हुन्छ : प्रचण्ड
क्षिरेश्वरनाथ नगरपालिकामामा भ्रष्टाचारको चांङ्ग, साढे ९ करोड बेरुजु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]