About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
झा दम्पती अझै अज्ञात,प्रहरीको अनुसन्धान फितलो

गाउँमा त्रास

खोज केन्द्र शनिबार, फाल्गुण १५, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम । गत सोमवार राति अज्ञात समूहको अपहरणमा परेका पिपरा गाउँपालिका ५ सहोडवाको झा दम्पतीको अवस्था अझै अज्ञात छ ।

जग्गा विवादको मुद्दामा अदालतमा साक्षी बसेका ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी अपहरणमा परेकी हुन् । उनीहरूको अवस्था पत्ता लगाउन प्रहरी असफल देखिएको छ । बुढाबुढी मात्रै घरमा सुतिरहेका अवस्थामा बेपत्ता पारिनु र उनीहरूको ओछ्यान र चौकसमा रगतका छिटा देखिनुले घटना रहस्यमय बनेको छ ।

प्रहरीले घटनाबारे जानकारी पाएलगत्तै मङ्गलवार बिहानदेखि खोजतलास गरिरहेको जनाएपनि उपलब्धी शून्य देखिएको छ ।

झा दम्पतीलाई कसले अपहरण गरेको र कहाँ राखेको छ भन्ने विषयमा केहि सुराक पत्ता लगाउन सकेका छैन । स्थानीयका अनुसार मुद्दाको पेशी मंगलवारका लागि तोकिएको थियो । घरमै पुगेर झालाई मंगलवार पेशी रहेको र अदालत जानुपर्ने कुरा रामजी भन्ने व्यक्तिले आएर जानकारी गराएका थिए ।

तर सोमवार राति नै उनलाई घरबाटै अपहरण गरियो। झा लोहारपट्टी नगरपालिकाको बगरा घर भएका रामजीको झण्डै ५ विघा मोहियानी जग्गा विवाद मुद्दाको साक्षी बसेका थिए । घटनामा रामजीसँग जग्गाको विवाद रहेका व्यक्तिको संलग्नता रहेको अनुमान स्थानीयको छ । तर प्रहरीले सम्बन्धित २० जनाभन्दा बढीसँग सोधपुछ गरिसकेको छ ।

तर अपराधमा संलग्न व्यक्ति प्रहरीले अझै भेट्न सकेको छैन । झा दम्पतीलाई अपहरण गरिएको स्थान र सडकमा रगतको छिटा देखिएको छ । सो आधारमा प्रहरीले अनुसन्धान गरिरहेको छ । महोत्तरीका प्रहरी प्रमुख एसपी टीकाबहादुर केसीले झा दम्पतीको अवस्था पत्ता लगाउन विभिन्न कोणबाट अनुसन्धान गरिरहेको बताए ।

घटनाको चारदिन वित्दा पनि झा दम्पतीको अवस्था अज्ञात रहेका कारण स्थानीयमा त्रास बढेको छ । उनको परिवारका सदस्यहरू चिन्तित छन्। घटनाबार को े ही बुझ्न आउँदा उनीहरू भक्कानो छाडेर रुन थाल्छन्।

झाका जेठा छोराको एक वर्षअघि नै निधन भइसकेको छ । कान्छा छोरा भारतमा छन्।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]