About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
बिकासको लहर: मन्त्री महतोद्वारा एकै दिन धनुषामा ५ पुल शिलान्यास

खोज केन्द्र शुक्रबार, फाल्गुण १४, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको बिकासको लहर धनुषामा सुरु भएको छ ।  

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री माननीय जुली कुमारी महतोले एकै दिन धनुषा मा ५ वटा पुल शिलान्यास गरे संगै बिकास निर्माणले तिब्रता पाएको हो । 

शुक्रबार जिल्लाको सरमुकाम जनकपुर सहित बिभिन्न स्थानमा ५ पुलको निर्माणका लागि शिलान्यास मन्त्री महतोले गरिन । 

एक साता अघि मात्र १० वटा पुलको शिलान्यास गरेकी मन्त्री महतो आज एक दिनमै मन्त्री ५ वटा पुलको शिलान्यास गरे संगै जिल्लावासी निकै उत्साहित देखिएका छन । 

प्रदेस २ को प्रस्ताविक राजधानी जनकपुर वडा नं २३ बिन्धी-बसहिया जोडने नदिको पुल शिलान्यास गरेकी हुन । 

मन्त्री महतोले बहुअर्बा-कब्रस्तान-धनौजी सडक जोडने पुल, जनकपुर वडा नं २५ लोहना- धनौजी जोडने पुल , जनकपुर वडा नं १ र वडा नं १६ जोडने रेल्वे पुल स्थित जलाद नदि पुल तथा जनकपुर १३ पिडारी र कुर्था जोडने दुधमती पुलको शिलान्यास गरेकी हुन । 

पुल शिलान्यास गर्दै मन्त्री महतोले ओली नेतृत्वको सरकारले जनताको आवश्यकतालाई मध्यनजर गरेर बिकास निर्माण अगाडी बढाएको बताईन ।

जिल्लाको बिकासका लागि आफु संधै तयार रहेको बताउंदै मन्त्री महतोले भनिन- अझै कयौं योजना जिल्लामा ल्याएका छौं । केही वर्ष भित्रै धनुषाको मुहार नै फेरिन्छ । 

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]