About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
संसद् पुनः स्थापना संगै प्रचण्ड–माधव बेचैन, ओली–देउवा शान्त

खोज केन्द्र बिहिबार, फाल्गुण १३, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

काठमाडौं । ०७७ पुस ५ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि उब्जेको ‘अब के होला ?’ भन्ने जित्रासा सर्वोच्चको फैसलापछि मेटिएको छ । तर योसँगै अर्को नयाँ जिज्ञासा  उब्जेको छ– अब क–कसको समीकरण होला र को प्रधानमन्त्री बन्ला ?’

पुनस्र्थापित प्रतिनिधिसभामा विभाजित नेकपासँगै नेपाली कांग्रेस र जसपाको उपस्थिति छ । नेकपा औपचारिक रूपमा अझै विभाजन नभएकाले मिलेको अवस्थामा अन्य दलको साथ आवश्यक पर्दैन ।

अन्यथा जसपासँग गणितका लागि आवश्यक संख्या नपुग्ने भएकाले नेकपाको जुन समूहले सरकार बनाए पनि कांग्रेसको साथ बिना सम्भव देखिँदैन । तर अहिलेसम्म भावी सरकार निर्माणका लागि कस्तो समीकरण बन्छ, प्रष्ट खाका आइसकेको छैन ।

प्रचण्ड–माधव बेचैन 

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको न्यायिक निरूपण गरेको दिन ०७७ फागुन ११ गते प्रचण्ड र माधव नेपाल बुधबारका लागि तय आमसभा सम्बोधन गर्न चितवन पुगेका थिए । विघटन बदर गरेको जानकारी पाएपछि प्रचण्ड र माधवकुमार नेपालले लड्डु साटासाट गरेको विषय सामाजिक सञ्जालबाट सार्वजनिक भयो ।

त्यसको भोलिपल्ट प्रचण्ड र माधव नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर प्रधानमन्त्रीको प्रस्ताव गरेको खबर प्रकाशमा आएको छ । यसबारे पार्टी कमिटीमा छलफल गर्न देउवाले पदाधिकारी बैठक बोलाएका छन् । यसबारे छलफल गर्न उनले अन्य कमिटीको बैठक बोलाउने सम्भावना पनि छ ।

०७७ फागुन १३ गते मात्रै पनि प्रचण्ड–माधवले जसपाका नेतालाई भेटेर सरकार निर्माणबारे छलफल गरेका छन् । भेटमा जसपाका नेताले प्रचण्ड–माधवलाई सकारात्मक प्रतिक्रिया दिएको बताइएको छ ।

प्रचण्ड र नेपालको सक्रियता हेर्दा उनीहरू केपी ओलीको नियन्त्रणबाट सत्ता आफ्नो हातमा लिने ध्याउन्नमा रहेको देखिन्छ । त्यसैले अबका दिनमा पनि उनीहरूको दौडधुप अझै तीव्र बन्ने सहज अनुमान गर्न सकिन्छ ।

ओली र देउवा शान्त

प्रतिनिधिसभा पुनस्र्थापनापछि प्रधानमन्त्री केपी ओलीले बुधबार पार्टी स्थायी समिति बैठक राखे । कृषि मन्त्रालयले आयोजना गरेको एक कार्यक्रममा सरिक भएर उनले विघटन बदरबारे आफ्नो धारणा पनि राखे ।

तर ओलीले देखिने गरी योबीचमा अन्य दल र शक्तिसँग भेटघाट गरेको समाचार प्रकाशमा आएका छैनन् ।  ओली तुलनात्मक रूपमा रक्षात्मक बने पनि शान्त र संयमित देखिएका छन् ।

ओलीजस्तै देउवा पनि संसद् पुनस्र्थापनापछि शान्त देखिएका छन् । उनले विज्ञप्ति निकालेर अदालतको स्वागत गर्ने र आफ्नो निवासमा आएका प्रचण्ड–माधव नेपालसँग भलाकुसारी गर्नेबाहेक उल्लेख्य दौडधुप गरेका छैनन् ।

देउवा र ओलीको मौनतालाई कतिपयले दुईबीचको साँठगाँठका रूपमा हेरेका छन् । तर यसको गुह्य खुल्न भने अझै केही समय लाग्नेछ ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]