About Contact
०१ जेठ २०७८, शनिबार
Close
बिज्ञापन
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिँदैन : उपप्रधानमन्त्री ईश्वर पोखरेल

खोज केन्द्र बुधबार, फाल्गुण १२, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रतिनिधिसभा पनस्र्थापनाबारे सर्वोच्च अदालतले गरेको फैसला स्वीकार्य भए पनि त्यो सम्मानयोग्य नभएको टिप्पणी गरेका छन् । 

मंगलबार राति एक ट्विट गर्दै उनले भनेका छन्– सर्वोच्चको निर्णयलाई माने पनि सम्मान गर्न सकिन्न ।

सरकार सञ्चालनमा उत्पन्न गतिरोध सार्वभौम जनतामा गएर समाधान गर्ने प्रयास प्रधानमन्त्रीले गरे पनि कानूनी आवरणमा त्यसलाई निस्तेज पारिएको आरोप पोखरेलले लगाएका छन् । 

‘सरकार सञ्चालनमा गतिरोध सिर्जना हुन पुगेपछि सार्वभौम जनतामा गएर ताज़ा जनादेशका माध्यमबाट समाधान गर्ने प्रमको राजनीतिक प्रयत्नलाई कानूनी आवरणमा निस्तेज बनाउने काम भएको छ,’ पोखरेलले भनेका छन् । 

अदालतको फ़ैसलाले मुलुकको राजनीतिलाई थप अस्थीर र जटिल बनाउने भविष्यवाणी पनि उपप्रधानमन्त्री पोखरेलले गरेका छन् । 

 ‘सर्वोच्च अदालतको फ़ैसलाले मुलुकको राजनीतिलाई थप अस्थीर र जटिल बनाउनेछ,’ पोखरेलले भविष्यवाणी गरेका छन् । 

 मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ मा विघटन गरेको प्रतिनिधिसभा ०७७ फागुन ११ गते सर्वोच्च अदालतले बदर गरिदिएको थियो । सर्वोच्चको फैसलापछि एउटा पक्षले समर्थन गरिरहेका बेला अर्को पक्षले भने असन्तुष्टि जायर गरेको छ । 

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]