About Contact
१५ फाल्गुण २०७७, शनिबार
Close
बिज्ञापन
मिथिला बिहारीमा विभिन्न पार्टी परित्याग गरि सयौ नेता कार्यकर्ता जसपामा प्रवेश

बलिराम कापरी/जनकपुरधाम मंगलबार, फाल्गुण ११, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

धनुषा स्थित जनता समाजवादी पार्टी मिथिला विहारी नगर कार्य कमिटीले मिथिला विहारी नपा वडा नं.-४ रमौलमा आयोजना गरेको मस्जिद शिलान्यास तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले भने ‘राज्यको उपेक्षाको शिकार भई समाजमा पछि परेका मधेसी, मुस्लिम र दलित समुदायलाई मुलधारमा ल्याउन प्रदेश सरकारले समाजिक रुपान्तरणको अभियानलाई अघि बढाएको बताउनु भयो’।

प्रदेश सरकारले संचालनमा ल्याएको बेटी पढाउ बेटी बचाउ तथा आरक्षणको व्यवस्थाले समाजिक रुपान्तरण भई सदियौ देखी विभेदमा रहेका वर्ग राज्यको मुलधारमा ल्याउने विश्वास समेत व्यक्त गर्नु भयो ।

विभिन्न पार्टी परित्याग गरि प्रवेश गरिएको नवप्रवेशीहरुलाई स्वागत गर्दै जसपाका केन्द्रिय सदस्य सुरेन्द्र कुमार मंडलले भने ‘देश र जनताको हितमा काम गर्ने जसपा नेपाल नै हो । जसपा नेपाल देशको बैकल्पिक शक्ति हो । अब जसपाको नेतृत्वमा मुलुक शान्ति, स्थायीत्व र विकास गर्ने उल्लेख गर्नु भयो’।

जसपा मिथिला बिहारी नगर संयोजक सिता यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मिथिला विहारी नगरपालिकाको विभिन्न वडाको करिब ५ सय जना भन्दा बढी नेता तथा कार्यकर्ताहरु नेपाली काँग्रेस र नेकपा परित्याग गरि जसपा नेपालमा प्रवेश गरेका छन ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव, जसपाका पार्टीका केन्द्रिय सदस्यहरु दिपक कार्की, सुरेन्द्र कुमार मण्डल, महाजन यादव, साधु यादव र चमेली देवी दास लगायतका केन्द्रिय सदस्यहरुको उपस्थिति रहेको थियो । सोही अवसरमा मुख्यमन्त्री राउतले मस्जिदको शिलान्यास समेत गर्नु भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
बिकासको लहर: मन्त्री महतोद्वारा एकै दिन धनुषामा ५ पुल शिलान्यास
संसद् पुनः स्थापना संगै प्रचण्ड–माधव बेचैन, ओली–देउवा शान्त
हामी प्रधानमन्त्री ओली कै युवा हौँ – युवा नेता झा

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]