काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरिदिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनीलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले मंगलबार संसद विघटन बदर हुने फैसला सुनाएको हो ।
अबको १३ दिनभित्र संसदको बैठक बोलाउन पनि सर्वोच्चले आदेश दिएको छ ।
०७७ पुस ५ को मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो । त्यही आधारमा राष्ट्रपति भण्डारीले सोही दिन संसद् विघटन गरेर वैशाख १७ र २७ का लागि निर्वाचन घोषणा गरेकी थिइन् ।
संसद् विघटनको घोषणासँगै सर्वोच्चमा असंवैधानिक भएको भन्दै रिट परेको थियो । त्यसबारे संवैधानिक इजलासमा बहस गराएको सर्वोच्चले मंगलबारे फैसला गरेको हो ।
योसँगै केही समयदेखि चुलिएको अन्योलता हटेको छ ।