आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहाद्वारा महोत्तरीमा निर्माण कार्यको धमाधम शिलान्यास गरिएको छ ।
मन्त्री कुशवाहाको निर्वाचन क्षेत्रको रामगोपालपुर नगरपालिका विकासका लागि वडा नं.५ मा दुर्गा मन्दिरको प्रांगणमा मंच निर्माणको शिलान्यास गरेका छन ।
उक्त कार्यक्रम लगतै रामगोपालपुर नगरपालिका वडा नं.७ ससौलामा सामुदायीक भवन, वडा नं.९ गोठमा ब्रहम्मस्थनमाको बाउन्ड्री वाल निर्माणको शिलान्यास गरेका हुन । शिलान्यास गरिएको योजनाको निर्माण असार मशान्त भित्र सम्पन्न गर्नु पर्नेछ ।
निर्वाचन क्षेत्रमा बिकास कार्यलाई दृष्टीगत गरि बजेट ल्याएको मन्त्री कुशवाहाले बताए । स्थानिय जनताको मांग बमोजिम निर्माण अगाडी बढाईएको उनले बताए ।
उक्त कार्यक्रममा स्थानिय नगरप्रमुख लागायत क्षेतरअन्तर्गतका नेता तथा कार्यकर्ताहरुको समेत उपस्थिति रहेको थियो।