About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
आईजीपीका अगाडि डीआईजी सिंह नाजवाफ

खोज केन्द्र सोमबार, फाल्गुण १०, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

काठमाडौं । नेपाल प्रहरीका भौतिक संरचना निर्माणको अनुगमन प्राविधिक निर्देशनालयबाट हुने गरेको छ । प्राविधिक निर्देशनालयले प्रहरीका भवनहरू निर्माण गर्दा गुणस्तरको पाटो हेर्ने गर्दछ ।

ठेकेदारले निर्माण गरेका भवनहरू गुणस्तरीय छन् कि छैनन् त्यसको रेखदेख र अनुगमनका गर्नका लागि प्राविधिक निर्देशनालयले सातैवटा प्रदेशमा टोली खटाउने गरेको छ । 

प्राविधिक निर्देशनालयका डीआईजी लोकेश सिंहले प्रदेश अन्तर्गतका भौतिक संरचना निर्माणको अनुगमनका लागि आफ्ना विश्वास पात्रहरूलाई मात्र खटाउने गरेको आरोप छ । उनले प्राविधिक निर्देशनालयका एसपीहरूलाई जिम्मेवारीविहीन राखेर इन्स्पेक्टरलाई प्रदेशको अनुगमनको जिम्मेवारी दिने गरेका छन् । 

ठेकेदारहरूले निर्माण गरेका प्रहरीका भवनहरू गुणस्तरीय नभएको गुनासो सुनिने गरेको छ । डीआईजी सिंहले यस्तै गुणस्तरहीन भवनहरूको निर्माणको कमिसन बटुल्न एसपी रामकुमार चौधरी, ओभरसियर निरञ्जन सिंह र इन्स्पेक्टर सुमन दाहाल खटाउने गरेको आरोप छ ।

प्राविधिक निर्देशनालयका तीन एसपीलाई जिम्मेवारीविहीन राखी डीआईजी सिंहले १ नम्बर प्रदेशमा केबिनजंग थापा, प्रदेश २ मा प्रताप महतो, कर्णाली प्रदेशमा अनिल राना र ७ नम्बर प्रदेशमा पनि इन्स्पेक्टरलाई नै इञ्चार्जका रुपमा निर्माण हेर्नका लागि खटाएका छन् ।

बाग्मती प्रदेशमा भने एसपी ईश्वर थापालाई खटाइएको छ । उपत्यकामा इन्स्पेक्टर रोशन सारुलाई पठाएका छन् ।

 महानगरीय प्रहरी परिसर र अपराध महाशाखाका भवनहरू निर्माण भइरहेका छन् । जसको बजेट मात्रै करिब २ अर्ब छ । त्यसैकारण उपत्यका पनि महत्वपूर्ण मानिन्छ । साँघुले २०७७ माघ २६ गतेको अंक ३१ मा ‘कमिसनको चक्करमा डीआईजी, प्रहरीका भवन निर्मण गुणस्तरहीन’ शीर्षकमा समाचार प्रकाशित गरेपछि २०७७ माघ २८ गते आईजीपी शैलेश थापा क्षेत्रीले डीआईजी लोकेशलाई बोलाएर सोधिखोजी गरेका थिए ।

वरिष्ठ हुँदाहुँदै कनिष्ठलाई पठाएर लाभ लिने गरेको समाचार पढेपछि आईजीपीले उनलाई बोलाएर करेक्सन गर्न निर्देशन दिए । डीआईजी सिंहले २०७७ फागुन मसान्तभित्र वरिष्ठताका आधारमा प्रदेशमा प्राविधिक अधिकृतहरू खटाउने प्रतिबद्धता जनाएको श्रोतले बताएको छ । 

 डीआईजी सिंह ५ वर्षे डीआईजीको पदावधिका कारण ६ महिनामा अवकाश हुँदैछन् । डीआईजी सिंहले एसएसपी हुँदादेखि नै प्राविधिक निर्देशनालयमा हालीमुहाली गर्दै आएका छन् । उनले एसपी रामकुमार चौधरी र निरञ्जन सिंहमार्फत प्रहरीका भौतिक संरचना निर्माणको ठेक्काबाट ‘पीसी’ लिने गरेका छन् ।

उनले बेसिक तालिम भर्खर लिएका कनिष्ठ इन्स्पेक्टर सुमन दाहाललाई लुम्बिनी प्रदेशमा खटाएबाट पनि उनी कमिशनमा लोभिएको पुष्टि हुन्छ ।

 सुमन दाहालसँग डिल गर्न सिंहले एसपी रामकुमार चौधरीलाई लगाउँदै आएका छन् । प्रहरीको भौतिक संरचना निर्माणको सबैभन्दा बढी बजेट लुम्बिनी प्रदेशमा छ । अवकाश हुने बेलामा कुस्त कमाउने दाऊमा रहेका लोकेश सिंहलाई आईजीपी थापाले बोलाएर सोधीखोजी गरेपछि उनको उद्देश्यमा अलिकति ठेस पुगेको श्रोत बताउछ । सांघुबाट ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]