About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
मधेसको हितमा काम गर्छु – प्रदेस प्रमुख झा

खोज केन्द्र आइतबार, फाल्गुण ०९, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गर्दै नवनियुक्त प्रदेस २ प्रमुख राजेस झा (अहिराज) ले देश र मधेस को हितमा काम गर्ने प्रतिवद्वता गरेका छन ।।

देश, जनता र संविधानलाई पहिलो प्राथमिकतामा राखी कामकाज गर्ने उनको तर्क छ ।

प्रदेश नं २ का हरेक नागरिकलाई साझा, शान्त र समृद्ध सहित समाज निर्माणमा आफूले भूमिका खेल्ने दाबी गरे । प्रत्येक नागरिकलाई साझा र अपनत्व सहितको प्रदेश निर्माणमा अग्रसर रहने बताए ।

प्रदेश प्रमुख झाले देशसहित बलियो प्रदेश निर्माण गर्न सुशासन, साझापना, सबलीकरण र सहकार्यको विकल्प नरहेकोले कतिपय पक्षमा तत्काल सुधारको आवश्यकता रहेकोमा जोड दिए ।

देश भक्ति, आतिथ्य सत्कार र समृद्ध सांस्कृतिक इतिहास बोकेको प्रदेश नं २ को सेवा गर्न पाएकोमा खुसी व्यक्त गर्दै विविधतालाई अवसरको रुपमा लिएर अनुशासन, इमान्दारिता र माटोप्रति प्रेम राख्दै प्रदेशलाई उदाहरणीय बनाउनका लागि प्रयास गर्ने बताए ।

यस अघि जनकपुर विमानस्थलमा आइपुग्दा प्रदेश सरकारका तर्फबाट प्रदेश नं २ का आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुसवाहाले स्वागत गरे ।

उक्त अवसरमा धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, प्रदेश सरकारका प्रमुख सचिव, सचिवहरू, सुरक्षा निकायका उच्च अधिकारीहरूले प्रदेश प्रमुखलाई स्वागत गर्नु भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]