About Contact
११ आषाढ २०७८, शुक्रबार
Close
बिज्ञापन
काँग्रेस सभापतिका लागि शेखर कोईराला धनुषामा

खोज केन्द्र बिहिबार, फाल्गुण ०६, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनमा सभापति बन्न डा. शेखर कोईराला तराई मधेस केन्द्रित रणनीतिमा छन । 

सभापतिका लागि अनौपचारिक रुपमा धनुषा आएको हुन । कोईराला  भावी सभापतिका बन्न तराई मधेस झरेको पार्टी स्रोत बताउँछन । 

१३ औं महाधिवेशन पछि कमजोर भएको कांग्रेसलाई बलियो तुल्याउन केन्द्रीय समितिमा नयाँ पुस्तासहित कोईराला छुट्टै टिम निर्माणमा सक्रिय रहेको एक नेताले बताए । 

धनुषा निर्वाचन क्षेत्र नं १ को सबैला, गणेशमान चारनाथ नगरपालिका, बरमझिया, भठिहनमा कोइराला पुगेका छन । उनको स्वागतमा उत्रिएका नेता कार्यकर्ताहरुले पनि कांग्रेसको १४ औं महाधिवेशनमा डा. शेखरले सभापतिमा उम्मेद्वारी दिनुपर्ने जोड दिए । 

स्वागतमा आएका नेताले ‘भावी सभापति शेखर कोइराला जिन्दावाद’ को नारा समेत लगाएका थिए । 

धनुषाका विभिन्न गाउँ र नगरपालिकामा नेता कार्यकर्ताहरुसँग भेटघाटका लागि आएका कोईराला सभापति बन्ने दाउमा छन । 

डा. शेखरलाई नेपाली कांग्रेसभित्र प्रगतिशिल विचार बोक्ने, परिवर्तनका पक्षधर, युवालाई नेतृत्व दिनुपर्छ भन्ने उदार नेताका रुपमा लिइन्छ । यसै क्रममा कोईरालाको धनुषा आगवनलाई पार्टी भित्र समेत महत्वका साथ लिईएको छ । 

उनले अब कांग्रेसलाई अगाडी बढाउने हाे भने, स्थानीय तहमा ६०, प्रदेशमा ५० र केन्द्रमा ४० प्रतिशत युवा सहभागीता गर्नु पर्ने बताउँदै आएका  छन् ।

डा. कोइरालाले भोली रामानन्द चौकमा आयोजित कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । पूर्वसांसद डा. शोभाकर पराजुलीको ‘समाजवाद र वीपी कोइराला तथा वीपी विचारसंग्रह’ दुई कृति विमोचन गर्ने कार्यक्रम छ । 

पूर्वराष्ट्रपति डा. रामवरण यादव र डा. शेखरले उक्त पुस्तक विमोचन गर्ने कार्यक्रम छ ।

१४ औं महाधिवेशनमा सभापतिको उम्मेद्वारी दिने औपचारिक जानकारी नगराएपनि अनौपचारिक रुपमा देशव्यापी रुपमा आफ्ना पक्षमा कार्यकर्ता उभ्याईरहेका छन् । 

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]