About Contact
१५ फाल्गुण २०७७, शनिबार
Close
बिज्ञापन
धनुषाको जनकनन्दनीमा मन्दिर र मदरसाको उद्घाटन

खोज केन्द्र बुधबार, फाल्गुण ०५, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

धनुषाको जकनकनन्दनी गाउँपालिकामा एकै दिन मन्दिर र मदरसाको उद्घाटन भएको छ ।

जनकनन्दनी गाउँपलिका वडा नम्बर ३ महुवामा धनुषा क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य उमाशंकर अरगरियाको संसदीय कोषबाट सरस्वती मन्दिर र मदरसा दारुल तौहिद अलसल्फियाका निर्माण भएको छ ।

मन्दिर र मदरसा दुबैको बिघटित प्रतिनिधीसभाका सांसद अरगरियाले उद्घाटन गरे ।

उद्घाटन गर्दै अरगरियाले समाजको माग अनुसार आफू अघि बढिरहने बताए । यस क्षेत्रको विकासका लागि आफू जहिल्यै पनि तत्पर रहने बताउँदै उनले सकारात्मक काममा सबैले सहयोग गर्नुपर्ने बताए ।

जनकनन्दनी गाउँपालिका ३ महुवाका सतन्जीव साहले दान गरेको जग्गामा सरस्वती मन्दिर निर्माण गरिएको छ । यो मन्दिरमा श्रीपञ्चमीको अवसर पारेर मंगलबार नै माता सरस्वतीको मूर्ती समेत स्थापना गरिएको छ ।

सरस्वती मन्दिर कुल रु १५ लाख र अमदरसा १३ लाख ५० हजारको लागतमा निर्माण गरिएको छ ।

मन्दिर र मदरसा उद्घाटनको अवसरमा स्थानीय बिभिन्न राजनीतिक दलका प्रतिनिधी, बुद्धिजिवी, समाजसेवीको उपस्थिति रहेको थियो ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]