About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
प्रहरीको फितलो सुरक्षा: जनकपुरमा दिउंसै मोटरसाईकल चोरी

शिबेन्द्र यादव मंगलबार, फाल्गुण ०४, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाममा बसेर पत्रकारिता गर्दै आएका राजकमल सिंहको मोटरसाइकल सोमवार चोरी भएको छ । जनकपुरधाम १ स्थित भन्सार कार्यालय नजिकै रहेको डेरा अगाडीबाट अफ द बिट मिडिया प्रालिको नाममा रहेको पत्रकार सिंहको पल्सर मोटरसाइकल चोरी भएको हो ।

ब्लाक र ब्लु रंग भएको लु ६५ प ८२२९ नम्बरको २२० सिसि पल्सर गाडी चोरी भएको छ । ‘मुख्यमन्त्री कार्यालयमा आयोजित पत्रकार सम्मेलनबाट फर्केपछि डेरा अगाडी गाडी राखेको थिए, पत्रकार सिंहले भने, ‘डेराबाट एकछिनपछि बाहिर निस्केपछि गाडी गायब भइसकेको थियो ।’ चोरी भएको थाहा पाउनेवित्तकै प्रहरीलाई खबर गरेको र आफूपनि जनकपुरको विभिन्न ठाउँमा खोजतलास गरेपनि फेला नपरेको उनको भनाई छ ।

धनुषा प्रहरीले भने चोरी भएको गाडीको खोजी जारी राखेको बताएको छ । पछिल्लो समय धनुषामा मोटरसाइकल चोरी हुनेक्रम बढेको छ । फितलो सुरक्षा अवस्थाको फाइदा चोरहरुले उठाइरहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]