About Contact
०१ जेठ २०७८, शनिबार
Close
बिज्ञापन
जनकपुरधाममा खल्लो महिला प्रदर्शनी, सहभागि अभावमा व्यपार शुन्य

कमलेशब ठाकुर / जनकपुरधाम सोमबार, फाल्गुण ०३, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

धनौजी गाउँपालिकाकी ६५ वर्षीया सुमिन्द्रा साह आँफैले बनाएको डाला, ढाकिया र नाङलो लिएर जनकपुरधाम गोपाल धर्मशालास्थित महिला प्रदर्शनी मेलामा सहभागि भएकी छिन् ।

परम्परागत (शिकी) प्राकृतिक रेसाका वस्तुहरुको थरीथरीको सामाग्री लिएर प्रदर्शनी एवं व्यवसाय गर्न आएकी उनले पहिलो दिनमै व्यपार नहुँदा निरास भएकी छिन् । ‘पुरानो जवानामा यसको विक्रि हुनथ्यो । अहिले त त्यती विक्रि हुँदैनन्,’उनले भनिन्,‘रेडिमेड सामानको प्रयोग बढेपछि विक्रि कम भएको छ ।’

तराई मधेशमा सबैले आफ्नै घरमा बनाएको हुनाले पनि जनकपुरमा व्यवपार नभएको उनले बताइन् । नयाँ युगका मानिसले हस्तकलाको महत्तव नबुझेको उनको भनाई छ ।

काठमाण्डौंबाट चिंका शाक्य सुमिन्द्रा जस्तै आँफैले बनाएको फिल र सिल्भरबाट बनेको चाँदीका गरगहना संगै अन्य सामाग्री लिएर प्रर्दशनीमा सहभागि भएकी छिन् । तर, व्यपार नहुँदा चिन्तित छिन् । पहिलो पटक जनकपुरधाममा पर्दशनी मेलामा सहभागि हुन आएकी उनले व्यपार नहुँदा अर्को पटक नआउने बताएकी छिन् । मानिसहरुले फिल प्रोडक्टको बारे चासो नलिएको उनको भनाई छ ।

जनकपुरधामकी प्रशन्ना ठाकुर पनि मिथिला चित्रकला लिएर प्रदर्शनीमा सहभागि भएकी छिन् । तर, विक्र नभएको दुखेसो पोखिन् । धेरै स्टल मिथिला चित्रकलाको रहेकाले पनि विक्रि नभएको उनले बताइन् । अन्य ठाउँ भन्दा जनकपुरमा कम विक्रि हुने गरेको उनले जानकारी दिइन् । प्रदर्शनीमा सहभागि अभावका कारण विक्रि नभएको भन्दै प्रचारप्रसार अभावमा यो समस्या देखिएको उनले बताईन् ।

आइतबारदेखि जनकपुरधाममा महिला हस्तकला सामाग्री प्रदर्शनी मेला सुरु भएको छ । स्थानीय गोपाल धर्मशालामा व्यवसाय प्रर्वद्धन गर्नका लागि मेला सुरु भएको हो । कोरोना भाइरसका कारण लामो समय बन्द भएको बजार उकासनका लागि एवं महिलाहरुको सीप तथा कलालाई प्रवद्र्धन गर्ने उद्देश्यले मेला सुरु गरिएको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रपति महिला उत्थान कार्यक्रम तथा नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा तीन दिवसीय प्रदर्शनी मेला मंगलबार सम्म रहनेछ ।

स्थानीय सीप, कला तथा संस्कृतिको संरक्षण सम्वद्र्धन, महिला उद्यमीहरुले गरेका उत्पादनको बजारीकरण, घरेलु हस्तकला उद्योगप्रतिको आकर्षण बढाउने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको उद्योग वाणिज्य संघ प्रदेश २ का अध्यक्ष हिरा साहले बताए ।

प्रर्दशनीमा उनले २५ हजार मानिले अवलोकन गर्ने दावी गरे पनि सहभागि अभावमा व्यवपार नै भएको छैन् । जनकपुरधाममा व्यपारको तितो अनुभव सुनाउँदै विभिन्न कारणले व्यपार नभएको औल्याए । उनका अनुसार सो प्रदर्शनमा ५० भन्दा बढी स्टलहरु लगाइएको छ ।

प्रदर्शनीमा मिथिला आर्ट, माटाका भाँडा, लाहाका गरगहनाहरु, बांसबाट बनाइएका कलात्मक सामग्री, प्राकृतिक रेसाका वस्तुहरु, चाँदीका गरगहना, फेल्टजन्य वस्तु, पश्मिना, ऊनी तथा सुतीजन्य वस्तु, हाते कागजजन्य वस्तुहरु राखिएको छ ।

 

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]