दुबै पक्ष आरोपप्रत्यारोपमा
जिल्ला सहकारी संघ लिमिटेड धनुषामा बिबाद देखिएको छ । सहकारी संघको नयाँ संचालक समिती र लेखा समिति गठन भए संगै बिबादित उत्पन्न भएको हो ।
राम बाबु यादब नेतृत्वमा नवगठित समितिलाई जिल्ला सहकारी संघ धनुषाले गैरकानूनी भन्दै फर्जि समितिको संज्ञा दिईएको छ । भने पुरानो समितिले संघ भित्र आर्थिक हिनामिना गरे र आफुहरु बैधानिक रहेको दाबी गर्दै पत्र सार्वजनिक गरेको छ ।
यादवद्वारा जारी पत्र अनुसार पुरानो समितिले संघ भित्र गैरकानूनी रुपमा रकम खर्च गरेको उल्लेख छ । संघको निति विपरित कार्य गरेको हुँदा नयाँ समिति आएको बताईएको छ । उनीहरुले गरेको आर्थिक हिनामिनामाथि सम्बन्धित निकायलाई अनुसन्धान गर्न पत्रमा लेखिएको छ । साथै अन्य विषय गत संगलाई दायरामा ल्याउने अध्यक्ष रामबावु यादवले बताए ।
यता संघमा कुनै प्रकारको संचालक समिती र लेखा समितिको निर्वाचन नभएको अर्का समितिका उपाध्यक्ष विनोद प्रसाद रोहिताले बताए ।
उनका अनुसार त्यस प्रकारको सूचना पनि प्रकाशित नभएको र सामाजिक संजालमा पदाधिकारीको नामावली प्रकाशित भएका देखेको हुनाले सबै सहकारीकर्मी कुनै प्रकारको भ्रममा न पर्न आग्रह गरे ।
पुराना पदाधिकारीहरु नै यथावत संचालक समिति र लेखा समितिमा कायम छन, रोहिताले भने ।