About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
धनुषाको विदेह नगरमा श्रीमदभावगत ज्ञान यज्ञ सम्पन्न

बिपिन यादव/जनकपुरधाम शनिबार, फाल्गुण ०१, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

धनुषाको विदेह नगरपालिकामा नगर प्रमुखको पहल तथा आर्थिक सहयोगमा सप्ताहव्यापी श्रीमदभागवत ज्ञान यज्ञ सम्पन्न भएको छ ।

धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दासले स्थानीय दाता र आफ्नो निजी लगानीमा नगरपालिकाको वडा नम्बर ६ स्थित नमूना जनता प्राविधिक विद्यालयको प्राङ्गणमा एक समापन समारोहको आयोजना गरी श्रीमद्भागवत साप्ताहव्यापी ज्ञान यज्ञको समापन गरिएको हो ।

मानव कल्याण तथा युवाहरुमा हिन्दु धर्मसंस्कृतिको विषयमा चेतना फैलाउने उद्देश्यले ब्रम्हज्ञान केन्द्र नेपालद्वारा फागुन २४ गतेबाट शुरु भएको महायज्ञ फागुन १ गते अर्थात शनिबारसम्म चलेको नगर प्रमुख दासले बताए ।

सो ज्ञान यज्ञमा दैनिक स्वामी शिवानन्दजी र कथा व्यास भागवत भास्कर विदुषी मैत्रेयी भारतीले संयुक्तरूपमा भागवत कथा वाचन गर्दै आएको विदेह नगरपालिका स्थानीय बब्लू चौधरीले जानकारी दिए ।

कथा श्रवण र महायज्ञमा नगरवासी सहित अन्य पालिकावासी समेत दैनिक हजारौको संख्यामा सहभागी हुने गरेका थिए चौधरीले बताए ।

श्रीमद् भागवत कथा श्रवण गर्नका लागि नगरप्रमुख दास स्वयं उपस्थित हुँदै आई रहेका थिए ।

श्रीमद भागवत ज्ञान यज्ञको समापन समारोहमा सो कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख दासलाई दोसल्ला ओढाउनुका साथै प्रशस्ती पत्रका साथ सम्मान गरिएको थियो ।

त्यस्तै विशिष्ट अतिथिको रुपमा रहेका उपप्रमुख निलम देवी मण्डललाई समेत सम्मान गरिएको थियो ।

श्रीमद भागवत कथा वाचन गर्दै आएका शिवानन्दजी र कथा व्यास भागवत भास्कर विदुषी मैत्रेयी भारती, विदेह नगरपालिकाका वडाअध्यक्षहरु, ज्ञान यज्ञमा सहयोग गरेका गोलका पासवान, नविन झा, वेचन दास, चिरञ्जिवी झा, रामभजन दास, हुकुमदेव, खखन दास लगायतलाई समेत सम्मान गरिएको थियो ।

नगरप्रमुख दासले धार्मिक कार्य प्रति रुचि पहिलेदेखि रहँदै आएको र नगरप्रमुख नभएको अवस्थामा पनि विभिन्न मठ मन्दिर निर्माण तथा सौन्दर्यीकरणका साथै कथा प्रवचनहरु कयौं पटक आफ्नो निजी लगानीमा गरिसकेको बताए ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]