About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
रेडियोप्रतिको क्रेज आज घट्दो – सम्राट खनाल

सम्राट खनाल शनिबार, फाल्गुण ०१, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

आज दशौं विश्व रेडियो दिवस ‘नयाँ विश्व, नयाँ रेडियो’ भन्ने नारासहित मनाइँदै छ ।संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१२ देखि हरेक वर्ष फेब्रुवरी १३ मा रेडियो दिवस मनाउने गरिएको छ।

स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । त्यसपछि संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष फेब्रुवरी १३ मा विश्व रेडियो दिवस मनाउन शुरु गरिएको हो ।

“रेडियो” हिजो का दिन सम्म सुन्दै अर्कै हर्सित लाग्ने गर्थियो ।  हिजोको दिनमा भएको रेडियोकर्मीप्रतिको आम नागरिकको सम्मान र रेडियोप्रतिको क्रेज आज घट्दो छ।

विश्वमा सबैभन्दा धेरै मानिसको पहुँचमा पुग्न सफल, सरल र भरपर्दो प्रशारण माध्यम रेडियोको विकास, प्रभाव र प्रगतिलाई सम्मान गर्दै विश्व रेडियो दिवस मनाउन सुरुवात गरिएकोे हो। हिजो कुनै  एउटा ठाउँ बाट बज्ने रेडिओ आज भने  प्राय सबै ठाउँ मै पुगेको छ ।

रेडियोको  इतिहास हेर्ने हो भने करिब आजभन्दा एक सय वर्षअघि फेबु्रअरी १३ तारिखका दिन संयुक्त राष्ट्रसंघ रेडियो स्थापना भएको दिनको सम्झनामा सन्सारभरीका गैरसरकारी संस्था, सञ्चारमाध्यम, विश्वविद्यालय र सरकारले रेडियो दिवस मनाउन लागेका हुन्। 

विश्वका अन्य मुलुकमा झै नेपालमा पनि आम सञ्चारको एक सशक्त माध्ययमको रुपमा रेडियोको विकास भएसँगै पत्रकारिता पत्रिकामा मात्रै सिमित भएन। पत्रपत्रीकाको मन पर्दी समाचार लाई नै आधार मान्नु परेन ।

सन् १९२० मा लण्डनमा विश्वमै पहिलो पटक नियमित रेडियो प्रशारणसेवाका रुपमा बीबीसीले आफ्नो सेवा सुरु गर्‍यो र बिस्तारै बिस्तारै विश्वभर रेडियो स्थापना हुन थाले र रेडियो पत्रकारिताको पनि विकास भयो। नेपालमा राणा प्रधानमन्त्री जुद्ध शमशेरका पालामा राणा परिवारले रेडियो सेट सुन्न थालेता पनि २००४ सालपछि मात्रै पद्म शमशेरले सर्वसाधारणलाई रेडियो सेट राख्ने अनुमति दिए। 

२००७ सालको जनक्रान्तिको बेला भारतको फर्बेसगञ्जबाट रेडियो ट्रान्समिटर झिकाई भोजपुर जिल्ला र पछि विराटनगर जुटमिलबाट क्रान्तिलाई सफल बनाउन रेडियो प्रशारणसुरु गरिएको थियो।

जनक्रान्ति सफल भएपछि त्यही उपकरणलाई काठमाडौंको सिंहदरबारमा ल्याई रेडियो नेपालको रुपमा २००७ साल चैत २० गतेदेखि प्रशारणसुरु गरिएको हो। 

अहिले देशभर फैलिएका एफएम रेडियोको सुरुवात भने २०५२ मा रेडियो नेपालको एफएम ब्यान्डबाट भएको हो। त्यसपछि दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियोका रुपमा २०५४ साल जेठ २ गतेबाट रेडियो सगरमाथाले प्रशारणसुरु गर्‍यो। 

रेडियोको आर्थिक अवस्था राम्रो नभएपछि दक्ष जनशक्ति यो क्षेत्रबाट अन्य क्षेत्रमा पलायन हुन थालेका छन्। खास गरि रेडियोले कर्मचारीलाइदिने तलब हरु नै पार्दर्सी नहुने र  नया नया चलानमा रहेको  अनलाइन मिडिया जस्ता नयाँ मिडियाको प्रशिद्धि बढ्न थालेपछि विज्ञापनदाताले पनि रेडियोमा दिने विज्ञापन कटौती गर्न थालेका छन्। 

त्यसपछि निजी र सामुदायिक तवरबाट धेरै एफएम खुल्न थाले। सूचना तथा सञ्चार मन्त्रालयका अनुसार हालसम्म ८५० भन्दा बढी रेडियो इजाजतपत्र जारी गरिएका छन् भने ६८५ वटा एफएम रेडियोले नियमित प्रशारणगरिरहेका छन्। त्यसमा ३७५ वटा सामुदायिक एफएम रहेका छन्।

दुर्गम स्थानको समाचार पाउन कठिन हुँदै गैरहेको समस्या लाई हटाउदै ताजा र  जागरण उन्मुख  कार्यक्रम दिने रेडिओ नै होब।सूचना, मनोरञ्जन र शिक्षामा स्थानीयस्तरको स्वाद बोकेर एफएम रेडियोले प्रशारणगरिरहेकाले गाउँघरमा अहिले सञ्चारको पहिलो माध्ययम रेडियो नै हुन पुगेको छ।  दुर्गम ग्रामीण क्षेत्र र पत्रपत्रिका समयमा पुग्न नसक्ने ठाउँमा खुलेका सामुदायिक रेडियो त सूचनाको प्रमुख आधार हुन पुगेको छ। नेपालमा यी रेडियाको विकासको इतिहास धेरै लामो नभए पनि यसको प्रभावकारिता बढ्दै गइरहेको छ। 

अहिले एफएम रेडियोको विकासमा दक्षिण एसियामा नेपाल अग्रपंक्तिमा रहेको छ भने विश्वलाई नै नयाँ नमुना प्रस्तुत गरेको छ। सरकारले रेडियो सम्बन्धी स्पष्ट नीति नियमको व्यवस्था नगरेपछि रेडियोहरुको दिगो विकासका लागि भने समस्या परेको छ। जिल्ला सदरमुकाममा धेरै रेडियो खुल्दा बजार बाँढिएको छ, स्रोता बाँढिएका छन् र रेडियोको आर्थिक अवस्था राम्रो छैन। 

रेडियोको आर्थिक अवस्था राम्रो नभएपछि दक्ष जनशक्ति यो क्षेत्रबाट अन्य क्षेत्रमा पलायन हुन थालेका छन्। अनलाइन मिडिया जस्ता नयाँ मिडियाको प्रशिद्धि बढ्न थालेपछि विज्ञापनदाताले पनि रेडियोमा दिने विज्ञापन कटौती गर्न थालेका छन्। पहिला पहिला रेडियो सुन्न टाढासम्म रहेका रेडियो भएका घरमा पुगेर धेरै मानिस जम्मा भएर सुन्ने गरिन्थ्यो भने। अहिले हातमा भएको मोबाइलमा इयरफोन लगाएर एक्लै रेडियो सुन्ने बानीको विकास भएको छ। 

एफएम रेडियो लोकतान्त्रिक आन्दोलनमा निक्कै प्रभावकारी भयो। एफएम रेडियोले ताजा ताजा खवर घण्टा घण्टामा दिन थालेपछि हरेक नागरिकले अपडेट हुनको लागि रेडियो सुन्न थाले। समाचार मात्रै होइन जनचेतना जगाउन, लोकतन्त्रलाई संस्थागत गर्न, जनमत बनाउन र सामाजिक अभियान चलाउन अझै पनि एफएम रेडियो लोकप्रिय छन् नै।

 राजनीतिक परिवर्तनका लागि भएको दोस्रो जनआन्दोलनमा रेडियोले खेलेको भूमिकाको सबैतर्फ प्रशंसा भएपछि रेडियोतर्फ धेरैको ध्यान तानिएको थियो। शाही शासनमा समाचारमा रोक लाएकोविरुद्धमा  सडकमा बसेर समाचार भनेको, एकोहोरो शंख बजाएर सरकार विरोधी आन्दोलन गरेको स्मरण अझै झलझली धेरैको मानस पटल मा रहिरहेको छ ।

कोरोनाको समयमा जोखिम मोलेर पनि दिनरात रेडियो कै लागि काम गरेर रेडियोकर्मीले फेरि रेडियोको महत्वलाई उचो बनाएका छन्। कोराना संक्रमित भएर रेडियोमै आइसोलेसनमा बसेर काम गर्ने रेडियो कर्मी कुनै स्वस्थ कर्मी भन्दा कम भने पक्कै हैनन ।

रेडियोकर्मी बन्ने सोख वा क्रेज कम हुँदै गएको त होला तर अझै पनि नेपालको २ तिहाई भन्दा बढी भूभागमा स्थानीय रेडियो नै सूचनाको पहिलो माध्यमम भइरहेका छन्। कोभिड–१९ को समयमा मात्रै होइन, २०७२ सालको भूकम्प जस्ता बिपत्तिमा पनि स्थानीय एफएम रेडियोले महत्वपूर्ण काम गर्न सफल

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]